मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

अभिमुखीकरण कार्यक्रम :
खाँदबारीमा करदातालाई वाणिज्य प्रशासन सम्बन्धी अभिमुखीकरण

Sankhuwasabhapress 598+ समाचार ( )
२९ माघ २०८१, मङ्गलबार

संखुवासभा । ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ संखुवासभाको सदरमुकाम खाँदबारीमा उद्योग करदाताहरुलाई वाणिज्य प्रशासन सम्वन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा संखुवासभा उद्योग वाणिज्य संघको सहआयोजनामा दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना भएको हो । उक्त कार्यक्रमको मंगलबार एक कार्यक्रम बीच जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले उद्घाटन गरेका थिए ।

प्रमुख अतिथी शाक्यले कानुन र नियमले कसैलाई नछाड्ने र कानुनी कुरा जानिन बुझिन भन्न नपाइने भएकाले ब्यवसायीहरुले आफ्ना ब्यवसाय संचालन गरिरहँदा विवेकपूर्ण ढंगले काम गर्नुपर्ने बताउँदै हिसावकिताव बिल बिजक, खरिद बिक्रि खाताको सामान्य ज्ञान समेत नहुँदा ब्यवसायीहरुले ठूला समस्या भोग्न परिरहेको बताए । जिसस प्रमुख शाक्यले ब्याबसायीहरुलाई नै लक्षित गरि दुई दिने तालिमको आयोजना गरिएको हुदाँ भरपुुर उपयोग गरि ब्यवस्थित ढंगबाट ब्यवसाय संचालन गर्न सबैमा आग्रह गरेका थिए । 

कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष युवराज शाक्यले ब्यवसायीहरुको हितका लागी संखुवासभा उद्योग बाणिज्य संघले जिल्लाका अन्य धेरै स्थानहरुमा कर प्रशिक्षण तालिम क्षमता अभिबृद्धि लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको जनाउँदै पान र भ्याटमा ब्यवसाय गर्दैआएकाहरुले यो दुई दिने तालिमबाट प्रचुर ज्ञान हासिल गर्नूपर्ने बताए । 

त्यसैगरि संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले संखुवासभाका उद्योगी ब्यवसायीको हितलाई ध्यानमा राखेर कर र वाणिज्य प्रशासन सम्बन्धी जानकारी प्राप्त गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए।

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रेमचन्द्र राईले तालिमबाट लाभ लिन सबै ब्याबसायीहरुलाई आग्रह गरेका थिए । उनले राज्यले निर्धारण गरेको कर, पान र भ्याट लगायत हिसाबकितावहरु ब्याबसायीहरुले जान्नै पर्ने बताए । 

उक्त अभिमुखीकरण कार्यक्रममा खाँदबारी, मानेभन्ज्यांङ्ग र तुम्लिङ्टार लगायतका क्षेत्रबाट समेत ब्यवसायीहरु सहभागी बनेका छन् । तालिममा चार्टड एकाउण्टेण्ट अर्जून श्रेष्ठ, करदाता सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख सञ्जय राई लगायतले सहजीकरण गर्ने संखुवासभा उद्योग बाणिज्य संघका महासचिव प्रबिण श्रेष्ठले बताए ।

कार्यक्रममा जिसस प्रमुख समुन शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख प्रेमचन्द्र राई, वाणिज्य संघका उपाध्यक्ष सरोज बज्राचार्य, महासचिव प्रबिण श्रेष्ठ, करदाता सेवा कार्यालय संखुवासभाका निमित्त कार्यालय प्रमुख सञ्जय राई, संखुवासभा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष श्यामसुन्दर उदाश, पुर्वअध्यक्ष युवराज शाक्य, नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य लगायतका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार