संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–३ स्थायी घर भएका एक युवाको मोरङको सुन्दरहरैचामा दुर्घटनामा परी ज्यान गएको छ ।
मोरङको सुन्दरहरैचा स्थित सलकपुर पुर्व पश्चिम राजमार्गमा बिहिबार अन्दाजी रातीको १ बजे पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको स्कर्पियो एकापसमा ठक्कर खाँदा पाँचखन नगरपालिका वडा ३ स्थायी घर भई हाल बेलबारी नगरपालिका वार्ड नं २ बस्ने अन्दाजी २४ वर्षिय रुपक घिमिरेको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।