मुख्य समाचार
गायक अपन श्रेष्ठले ल्याए नयाँ गीत ‘के सारो सुरो मान्छे’ | असल शासन | कृष्ण माविमा स्काउटको अन्नपूर्ण तहको दिक्षान्त क्याम्प सम्पन्न | सेकाहा क्लब तीनपोखरी फुटबल कपको फाइनलमा प्रवेश | सिंहेश्वरी आधारभूत विद्यालयको ४८ औँ वार्षिक उत्सव सम्पन्न | संखुवासभा एमालेमा पार्टीको निर्णय विपरित भ्रम छर्नेलाई कारबाही गरिन पर्ने माग | विशेष महाधिबेसनको माग गर्दै संखुवासभाका ८ वटा संस्थाद्धारा केन्द्रमा ध्यानाकर्षण पत्र पठाए | नेपाली जनसम्पर्क समिति मलेसियाको सभापतिमा पंगेनी र महामन्त्री दाहाल चयन | सिटिजन्स बैंकद्धारा ८७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण | खाँदबारीमा तमू ल्होसारको अवसरमा शुभकामना आदानप्रदान |

जेसिवी :
जेसिवीको ‘उत्कृष्ट टुएस डिलर अवार्ड–२०२५’ संखुवासभालाई प्राप्त

Sankhuwasabhapress 570+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

संखुवासभा । जेसिवीको ‘उत्कृष्ट टुएस डिलर अवार्ड–२०२५’ पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटारमा रहेको जेसिवीको च्यानेल पार्टनर जेसिवी खाँदबारी सोरुमलाई प्राप्त भएको छ । 

शुक्रबार काठमाडौंमा एक कार्यक्रम बीच जेसिवीका आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालि कम्पनीले संखुवासभाका जेसिवीको च्यानेल पार्टनर जेसिवी खाँदबारी सोरुमलाई अवार्ड प्रदान गरेको हो । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जेसिवीको आधिकारिक बिक्रेता डिलर जेसिवी खाँदबारी सोरुम ०७९ चैत्र देखि संचालनमा रहेको छ । छोटो समयमा नै शाखा कार्यालयले राम्रो काम गरेकोले अवार्ड प्रदान गरिएको बताइएको छ । 

लाइन बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि जेसीबीको आधिकारिक बिक्रेता हो । यस कम्पनी मेसिन बिक्री, बिक्री पछिको सेवा, वास्तविक स्पेयर पाट्र्स र विशेषज्ञ इन्जिनियरिङ सेवाहरू सहित भारी उपकरणहरूमा पूर्ण समाधान प्रदान गर्दै आएको छ । 

गुणस्तर र ग्राहक सन्तुष्टिप्रतिको आफ्नो प्रतिबद्धता मार्फत, लाइन बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालिले यस क्षेत्रको निर्माण र मेसिनरी क्षेत्रमा आफूलाई एक विश्वसनीय नामको रूपमा स्थापित गरेको जेसिवीका जेसिवी खाँदबारी सोरुम संखुवासभाका प्रबन्ध निर्देशक विकास लिम्बूले बताए । उनले नेपालमा नै उत्कृष्ट रहेको एमएडब्ल्यू अर्थमुभर्स जस्तो प्रतिष्ठित कम्पनीमा जोडिदैं संखुवासभा जस्तो हिमाली तथा पहाडी दुर्गम जिल्लामा काम गर्दै गर्दा उत्कृष्ट अवार्ड प्राप्त गर्दा सबै प्रति खुशी ब्यक्त गर्दै आभार प्रकट गरे । 

सम्मानित भइरहँदा कम्पनीको उपलब्धि ठानेको प्रबन्ध निर्देशक लिम्बूको भनाइ छ । कम्पनीको व्यावसायिकता, ग्राहक–केन्द्रित दृष्टिकोण र निर्माण उपकरणको क्षेत्रमा उत्कृष्टता प्रदान गर्ने निरन्तर प्रयास गरिरहने उनको भनाइ छ । अवार्ड प्रदान कार्यक्रममा प्रबन्ध निर्देशक लिम्बूका साथै संचालक दिलिप राईको पनि सहभागीता रहेको थियो । त्यसैगरि जेसिवीको च्यानेल पार्टनर जेसिवी खाँदबारी सोरुम संचालक थमन गुरुङ पनि हुन् ।

संखुवासभा र आसपासका क्षेत्रमा विकास निर्माणको कामले तीब्रता पाएको र निर्माण ब्याबसायीहरुलाई सहज र सुविधा पुर्‍याउने उद्धेश्यले जेसिवीको आधिकारिता डिलरको रुपमा संखुवासभामा बिस्तार गरिएको हो । जेसिवीको एक्साभेटर, ब्याकहो लोडर, रोलर, ब्हिल्ड लोडर, कम्प्याक्टर, टेलिहन्डलर र स्किड स्टियर लोडर उत्पादन रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार