मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

चिचिला गाउँपालिका :
पर्यटन प्रवर्धनका लागि खेलकुद र साँगितिक कार्यक्रम आयोजना गर्दै चिचिला

Sankhuwasabhapress 598+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकाले नयाँ बर्षको अवसरमा खेलकुद र साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । 

गाउँपालिकाले मंगलबार गाउँपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो । पालिकाको पर्यटकीय क्षेत्र मत्स्यपोखरीको प्रवर्धन गर्ने उद्देश्य सहित खुल्ला अन्तरपालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिए । गाउँपालिका अन्तर्गतको चिचिला गाउँ खेलकुद विकास समिति, वडा नम्बर ४ र स्थानीय क्लव स्वर्णीम मत्स्यपोखरी युवा क्लवको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको उनले बताए । 

चिचिला गाउँपालिका जिल्ला सदरमुकाम नजिकै रहेकोले पनि पर्यटकहरु आउने सम्भावना भएकोले पर्यटन पुर्वाधार निर्माण तथा प्रचारमा पालिका लागिपरेको उनले बताए । ‘हाम्रा पर्यटकीय क्षेत्रहरु थुप्रै छन्, त्यसमध्ये एक मत्स्यपोखरी हो, यसको प्रवर्धनको लागि कार्यक्रमको आयोजना गरेका हौँ ।’–अध्यक्ष शेर्पाले भने । 

पत्रकार सम्मेलनमा मत्स्यापोखरीमा आयोजना हुन लागेको कार्यक्रम तथा आफ्नो पर्यटकीय क्षेत्रहरुको प्रचारमा सहयोग गर्न पत्रकारहरुसँग अध्यक्ष शेर्पाले आग्रह गरे ।

भलिबल प्रतियोगिता चैत्र २६ गते विहिबार उदघाटन भई बैशाख १ गते समापन हुनेछ । भलिबलको समापन लगत्तै साँस्कृतिक कार्यक्रम सुरु हुने चिचिला खेलकुद विकास समितिका अध्यक्ष आशिष गुरुङले जानकारी दिए । साँस्कृतिक कार्यक्रम अन्तर्गत सामुहिक नृत्य प्रतियोगिता र चर्चित कलाकारहरुको साँगितिक प्रस्तुती रहनेछ । प्रतियोगितामा संखुवासभा र छिमेकी जिल्लाहरुबाट पनि सहभागि हुने अध्यक्ष गुरुङले जानकारी दिए । 

पुरुष भलिबल तर्फको विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुवै टिमलाई नगद २५/२५ हजार रुपैयाँ प्रदान गरिने शिक्षा शाखा प्रमुख महेन्द्र राईले जानकारी दिए । त्यस्तै महिला भलिबल तर्फ विजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँ प्रप्त गर्नेछन् । उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुवै टिमलाई १५/१५ हजार रुैयाँयाँ प्रदान गरिनेछ । साँस्कृतिक कार्यक्रम तर्फ सामुहिक नृत्य प्रतियोगिताको प्रथम, द्वतिीय र तृतीय टिमले क्रमश ३०, १५ र १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्ने राईले जानकारी दिए । 

पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न जिल्लाका सम्पूर्ण पत्रकार टिमको साथ रहने प्रतिवद्धता ब्यक्त गरे । गलत प्रबृत्तिको विरोध र सकरात्मक कार्यहरुमा पत्रकारहरुको सँधै साथ रहने अध्यक्ष शाक्यले बताए । 

खेलकुद विकास समिति अध्यक्ष आशिष गुरुङको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष पासाङनुर्वू शेर्पा, उपाध्यक्ष मनकला राई, प्रमुख प्रशासकीय अधिकृत विकास विश्वकर्मा, वडा नम्बर १ का अध्यक्ष पूर्णकुमार राई, वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङ लगायतका जनप्रतिनिधहिरु, कर्मचारीहरु र पत्रकार महासंघ कोशी प्रदेश सदस्य इन्द्र गिरी लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार