मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

अन्तर्वार्ता :
‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’

Sankhuwasabhapress 598+ समाचार ( )
२५ वैशाख २०८३, बिहीबार

पूर्वी पहाडी जिल्ला संखुवासभा हिमाली तथा पहाडी जिल्ला हो । १० वटा स्थानीय तह रहेको संखुवासभामा एकमात्रै जिल्ला अस्पताल सदरमुकाम खाँदबारीमा रहेको छ । २०३३ सालमा निर्माण भएको जिल्ला अस्पतालमा पछिल्लो समय विभिन्न सेवासुविधा थप हुने क्रममा रहेको छ । यसैक्रममा जिल्ला अस्पताल संखुवासभाको मिति २०७७ चैत्र २३ देखि २५ गते सम्म भएको न्यूनतम मापदण्ड मापन विश्लेषण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रदेश नंं. १ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । जिल्ला अस्पतालमा कार्यरत रहेको जनशक्ति, भएको सेवा प्रवाह, औजार उपकरणको उपलब्धता र प्रयोगका अवस्था, भौतिक अवस्था, बिरामीले पाएको सेवा प्रवाह, पानीको ब्यबस्थापन, फोहोरमैलाको ब्यबस्थापन, औजार उपकरणको मर्मत संम्भार र विपत्त हुदाँका योजना लगायतका ९ सय ३९ वटा सुचक भित्र रहेर गरिएको निरिक्षण र अवलोकनमा प्रादेशिक द्धितिय स्तर (ए लेभल) ५० शैया भएका अस्पतालहरुको तुलनात्मक मूल्याङ्कन गर्दा सामाजिक विकास मन्त्रालयले प्रदेश नं. १ मै जिल्ला अस्पताल संखुवासभा ७१ प्रतिशत ल्याई १ नम्बर मै उत्कृष्ट भएको छ । सर्वप्रथम त जिल्ला अस्पताल संखुवासभालाई प्रदेश नं. १ मा नै उत्कृष्ट अस्पताल बनाउन लागि पर्नुहुने अस्पताल परिवारका सम्पूर्ण टिम, ब्यबस्थापन समिति लगायत सबैसबैलाई धन्यवाद तथा आभार प्रकट गर्दै सोही सेरोफेरोमा रहेर यो साता जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख तथा जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष सुमन शाक्य संग संखुवासभा एक्सप्रेस साप्ताहिक सम्पादक नवीन गुरुङले गरेका कुराकानीका सारसंक्षेप :

१. जिल्ला अस्पतालको नेतृत्व कसरी गरिरहनु भएको छ ?

—हिजो सम्म स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालका अध्यक्षहरु तोकेर पठाउथे । जसको सरकार छ उसैले जिल्लामा अध्यक्ष तोकेर पठाउथे । अहिले जिल्ला समन्वय समितिका प्रमुखलाई अस्पताल ब्यबस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिएको छ । हामी जस्ता जनप्रतिनिधी आएपछि अस्पतालमा केही राम्रा काम गर्ने प्रयास गरेका छौ । म आएपछि सबैभन्दा पहिले अस्तापल भित्रका बेतिथीहरुलाई चिर्ने प्रयास गरे । कर्मचारीहरुसंग बसेर आन्तरिक छलफल गरे, समस्याको जड खोज्यौं । काम नगर्ने मानिसहरुलाई कारबाही पनि गर्‍यौं । टिम स्प्रिड बढाएपछि सबैले सकारात्मक ढंगले अपनत्वका साथ काम गरिरहेका छन् । त्यसरी नै जिल्ला अस्पतालका गतिविधी अगाडि बढिरहेको छ ।

२. जनशक्ति कसरी परिचालन गरिरहनु भएको छ ?

—नितीगत रुपमा नै सरकारले ब्यबस्थापन समिति भित्र जिसस प्रमुख ब्यबस्थापन समितिको अध्यक्षको जिम्मेवारी दिएको छ । भने त्योसंगै नेपाल रेडक्रस सोसाइटी सदस्य, बाणिज्य संघ सदस्य, जिल्ला प्रशासन सदस्य, जिल्ला प्रहरी कार्यालय सदस्य र खाँदबारी नगरपालिका प्रमुख सदस्य रहेको छ । यसले सबैमा सामुहिक नेतृत्व र अपनत्वको भावना पैदा भएको छ ।

फेरी पनि अस्पताल भित्र दिनरात खटिएर काम गर्ने त समिति भन्दा पनि कर्मचारीहरु नै हुन् । उनीहरुको समस्यालाई मध्यनगर गर्दै काम नगर्ने कर्मचारीलाई कारबाही गरेपछि टिम स्प्रिड बढेको छ । उनीहरुको आफ्नो अपनत्व बढ्ने गरि समितिले हौसला प्रदान गरेकाछौ । समय–समयमा छलफल र अब के गर्नु पर्छ भन्ने खालका बिषय छलफल गरिरहेकाले काम गर्न सहज भएको अनुभुति गरेको छु ।

३. जिल्ला अस्पताल उत्कृष्ट भएपछि के–के चुनौतीहरु झन थपिएका छन् भन्ने लाग्छ ?

—पूर्वी पहाडी जिल्लामा संखुवासभा एउटा जिल्ला हिमाली जिल्ला भन्ने सबैलाई सर्वविदितै छ । यो हिमाली जिल्लाका अस्पताल प्रदेश नं। १ भित्रका १४ जिल्लामा उत्कृष्ट हुनपुग्यो । हामी संखुवासभाबासीका लागि यो अत्यन्तै राम्रो खबर हो । हाम्रो मेहनत खेर गएन । त्यसैले म जिल्लाबासी महानुभावका साथै अस्पतालका सम्पूर्ण कर्मचारी मित्रहरुलाई धन्यवाद ब्यक्त समेत गर्दछु । फेरी यो मूल्याङकन हामीले गर्ने होइन । अन्य जिल्लाका मेसु, सामाजिक विकास मन्त्रालयका विज्ञहरुको टिमले गर्ने हो । जिल्ला अस्पतालमा कार्यरत रहेको जनशक्ति, भएको सेवा प्रवाह, औजार उपकरणको उपलब्धता र प्रयोगका अवस्था, भौतिक अवस्था, बिरामीले पाएको सेवा प्रवाह, फोहोरमैलाको ब्यबस्थापन, औजार उपकरणको मर्मत संम्भार र विपत्त हुदाँका योजना लगायतका ९ सय ३९ वटा त्यसमा ९ सय ३९ वटा विभिन्न खालका इन्डीकेटरहरु राखेका हुन्छन् । सोही इन्डीकेटरको आधारमा मूल्याङकन गरिएको हो । उहाँहरुको मूल्याङकनबाट संखुवासभा जिल्ला अस्पताल प्रदेश स्तरमा प्रथम हुदाँ सबैमा खुशी समेत बाँडन चाहान्छु ।

फेरी पनि उत्कृष्ट भएपछि हामीलाई झन चुनौतीहरु समेत थपिएको महसुस गरेको छु । हामी उत्कृष्ट हुनु भनेको यो सबै टिम स्प्रिडका कारणले यो संम्भव भएको हो । अझै धेरै कामहरु गर्नु पर्नेछ । अघिल्लो बर्ष हाम्रो ६३ प्रतिशत नतिजा आएको थियो । यसो हेर्दा हामी बर्सेनि विभिन्न सेवाहरु अपग्रेड गरिरहेका छौ । यसले हामीलाई थप मद्धत पुर्‍याईरहेको छ । इन्डोस्कोपी, इको, थाइराइड सेवा, मधुमेहको चिकित्सकीय जाँच, कार्डिओइन्जायम लगायतका सेवा बिस्तार गर्‍यौ । त्यसका साथै केहीदिन अगाडि मात्रै फिजियोथेरापी सेवा बिस्तार गरेकाछौ । यिनै सेवा सुविधाले ति इन्डीकेटरहरुलाई बढाउने हो । अब चाँडै हाडजोर्नी विशेषज्ञ सेवा बिस्तारका लागि डाक्टरलाई थप तालिममा पठाएका थियौ । उहाँ प्राप्त भएर आईसक्नुभएको छ । भने सामान तथा उपकरणहरु आउने क्रममा रहेको छ । त्यस पछि चाँडै संचालनमा ल्याउने छौ । त्योसंगै अर्को कल्चर सेवा सुचारु गर्ने तयारीमा छौ । ब्लड बैंक चाँडै संचालन गर्ने तयारीमा पुगेका छौ । आईसियु सेवा संचालन गर्ने तयारी गरिरहेका छौ । त्यसका लागि औजार उपकरण र तालिम प्राप्त चिकित्सक उपलब्ध भईसकेको छ । भवन अभाव कारणले मात्रै संचालन गर्नमा ढिलाई भएको हो । त्यसपछि सिटी स्क्यान सेवा समेत थप गदैछौ ।

४. अन्य साझेदारी संघसंस्थासंग कसरी समन्वय र सहकार्य गरेर काम गरिरहनु भएको छ ?

—जिल्लाभित्रका स्थानीय दातृ निकाय तथा संघसंस्थाहरुसंग त हाम्रो सहकार्य र साझेदारी कार्यक्रम छैन् । अहिले हामीसंग प्रदेश स्तरका स्वास्थ्यसंग सम्बन्धित काम गर्ने संस्थाहरुसंग समन्वय र सहकार्य गरेर काम अगाडि बढाईरहेकाछौ । अहिले हामीसंग सहकार्य भएका आमा सुरक्षा कार्यक्रम ल्।क्।क्ष्। रहेको छ । ल्।क्।क्ष्। ले डाक्टर र नर्स नै उपलब्ध गराएको छ । उसैको सहकार्यमा शल्याक्रिया, प्रसुतीको काम गरिरहेका छौ । सरकारसंग माग गर्दा त्यो दिन सकेको छैन् । हामी यसैको भरमा छौ । डाक्टर बिदा बस्दा हामीलाई समस्या हुन्छ ।

त्यसपछि करुणा फाउण्डेसनसंग पनि सहकार्य गरिरहेका छौ । अनि त्यसपछि वनहर्ट वल्डवाइड भन्ने अर्को संस्था छ । यो संस्थाले जिल्ला अस्पतालका बर्थिङ सेन्टरहरुको निर्माण र मर्मत संम्भार लगायतका कामहरु गरिरहेको छ ।

५. दरबन्दी अनुसारका कर्मचारी पदपूर्ति गर्न तपाईले कसरी भूमिका खेलिरहुन भएको छ?

—दरबन्दी अनुसार जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर ९ जना हुनुपर्ने हो । स्थायी ५८ जनाको दरबन्दी भएपनि स्थायी कर्मचारी अहिले अस्पतालमा २० जना मात्रै कार्यरत हरेका छन् । त्यसैले करार नियुक्ति गरि हाल ६८ जनाले काम गरिरहेका छन् । त्यसमा ब्यबस्थापन समितिबाट १७ जना, प्रदेश सरकारबाट २७ जना, ल्।क्।क्ष्। संस्थाबाट ४ जना गरि ६८ जना कार्यरत रहेका छन् । सेवाप्रवाह नै बन्द हुने अवस्था आएको खण्डमा समिति र प्रदेशबाट करार सेवामा कर्मचारी नियुक्ति गरि सेवा प्रवाहलाई गुणस्तरीय ढंगले अगाडि बढाई रहेका छौ ।

हामीले भानुभक्त पोख्रेल स्वास्थ्य मन्त्री हुदाँ गएर धेरै पटक पहल गर्‍यौं । संघीय सरकारसंग धेरै पटक अनुरोध गर्ने काम भयो । डाक्टरहरु पहाडी जिल्लामा दुर्गम भएकाले आउने नचाहने कारणले पनि समस्या छ । फेरी अर्को कुरा हाम्रो जिल्ला अस्पताल प्रदेश सरकारले हेर्ने गर्छ । संघ र प्रदेश सरकारसंग अनुरोध गर्दा एमबिबिएस डाक्टर उपलब्ध गराएपनि बिशेषज्ञ डाक्टर पठाउन सक्दैनौ भने जवाफ आँउछ।

अर्कोतिर २०३३ सालमा बनेको १५ बेडको अस्पताललाई २५ हुर्दै ५० बेडको अस्पताल बनाएपनि नयाँ भवन निर्माणधीन चरणमा रहेकाले सेवाग्राहीलाई भने जति सेवा सुविधा दिन सकेको छैन् । कर्मचारी ब्यबस्थापनका साथै अस्पपाल गुणस्तरीय बनाउन आफुले सकेको पहल र काम गरिरहेको छु ।

६. अस्पतालमा जनगुनासो कति आउने गर्छन् ?

—जिल्ला अस्पताल सबैको जनचासो भएको ठाउँ हो । यहाँ दैनिक रुपमा धेरै सेवाग्राही आउने थलो हो । जनगुनासो नै नआउने भन्ने हुर्दैन् । अस्पतालमा मात्रै होइन हरेक ठाउँमा हुन्छन् । अहिले मानिसहरु हरेक ठाउँमा छिटो र छरितो सेवासुविधा खोज्छन् । त्यसैले बिरामी लिएर अस्पताल पुगेको अवस्थामा तुरुन्तै डाक्टरले हेरिदिएन भने सेवाग्राहीको गुनासो भैहाल्छ । त्यसपछि फोन गर्छन् । डाक्टरको चेकजाँच गर्ने पालैपालो हुन्छ । सेवाग्राही त्यो बुझेको हुर्दैन । जाने बित्तिकै सेवा नपाए गुनासो गर्छन । सेवाग्राहीले एक जना गएर अर्को डाक्टर आउने पालो भन्ने बुझ्दैनन् । त्यहि माथि हामीसंग पर्याप्त जनशक्ति समेत छैन् ।

त्यो बाहेक अर्को बढि गुनासो आउने भनेको पोष्टमार्टम गर्दा हो । पोष्टमार्टम लाश ल्याउने बित्तिकै हुदैन भन्ने छ । पोष्टमार्टम गर्न पुलिस केस भएकाले प्रक्रिया नपुगेसम्म त्यसमा केही ढिलाई हुन्छ । बेलुकी ५ बजेपछि पोष्टमार्टम गर्न प्राविधिक रुपमा केही समस्या रहेछ । दिउँसो सूर्यको प्रकाशमा पोष्टमार्टम गरेजस्तो बत्तीको उज्यालोमा नहुदो रहेछ । त्यसपछि अर्को गुनासो भनेको फार्मेसीमा औषधी लिने बिषयमा अलि बढि गुनासो आउने गरेको छ । स्वास्थ्य बीमितले सुगर र प्रेसरका बिरामीले खाने अर्कै कम्पनीको औषधी दियो भन्ने गुनासो अलि बढि आउने गरेको छ । उहाँहरुले नै खाने खालका कम्पनीका औषधी दिने ब्यबस्थापनमा लागि रहेकाछौ ।

कहिलेकाँही निःशुल्क दिने औषधीहरु माथिबाट हामीलाई ढिलो गरि प्राप्त हुन्छ । स्टोरमा नै नभएपछि कहिलेकाँही सेवाग्राहीलाई दिने बिषयमा समस्या आउने गरेकाछन् । अर्को समस्या स्वास्थ्य बीमा बापतको रकम १ करोड ७० लाख ३ सय १० रुपैया रकम सरकारले पैसा नदिदाँ हामीलाई समस्या भइरहेको छ । तर जति समस्या र गुनासा आएपनि हामीले तुरुन्तै समाधान समेत गरिरहेका छौ ।

७. तपाई अध्यक्ष बनेर आउनु भएपछि गर्नुभएको देखिने खालका राम्रा कामहरु के–के हुन् ?

—म अध्यक्षको नेतृत्व सम्हालेर आएपछि सबैभन्दा पहिले भौतिक संरचनामा प्राथमिकता दिए । त्यसपछि कर्मचारीहरुको आन्तरिक ब्यबस्थापनलाई मजबुद बनाए । त्यसपछि गुणस्तरीय सेवाप्रवाहमा चासो राखे । अनि त्यसपछि हाम्रो मुख्य योजना विशेषज्ञ सहितका सेवा बिस्तार रहेको छ ।

अस्पतालको बाहिरी आवरण नै सबैभन्दा मुख्य कुरो रहेछ । त्यसैले रंगरोगन गर्ने काम भयो । भुईमा टायल लगाउने काम गर्‍यौ । ठाउँ–ठाउँमा सुचना बोर्ड राखेका छौ । पहुँचवालाले अगाडि सेवा लिने पहुँच नहुनेले नपाउने भन्ने गुनासो बढेपछि स्पिकर राखेका छौ । टिकट काटेपछि पालैपालो नाम बोलाएर चेकजाँच हुने गर्दछ । डिजिटल बोर्ड राखेका छौ । अस्पतालको बाहिर सुन्दरता र फोहोर मैला ब्यबस्थापन गरि सफा र चिटिक्क बनाउने काम गरेका छौ । यहि बीचमा खानेपानीमा ट्रिटमेन्ट प्लान गरि स्वच्छ खानेपानीको ब्यबस्थापन गरेका छौ । यहि खानेपानी अस्पतालका कर्मचारी र सेवाग्राहीहरुले खानुहुन्छ । त्यो बाहेक अर्को टिकट काउण्टरको ब्यबस्थापन राम्ररी गरिएकाले एक डेढ सय सेवाग्राही लामबद्ध हुदाँ समेत भित्र भीडभाड नहुने गरि ब्यबस्थापन गरेकाछौ । धेरै दाताहरुले आफन्तको नाम चौताराहरु निर्माण गरिदिएकाले सजिलो भएको छ । अस्पताल नजिकै क्यान्टिन राम्ररी सुचारु गरेका छौ । यो पनि एउटा सफलता नै हो भन्ने लाग्छ ।

८. अव जिल्ला अस्पतालको आगामी रणनिती र गर्नुपर्ने सुधारका क्षेत्र के–के छन् ?

—भौतिक संरचना बनाउने बिषयमा संघीय सरकारले अर्को भवन निर्माणधीन रहेको छ । अब चाँडै अक्सिजन प्लान बन्दैछ । ठाउँ अभावले आइसियु संचालन गर्न समस्या भएको छ । सिटी स्क्यान ल्याउने बिषयमा छलफल भइरहेको छ । बीमाको पैसा रोकिएकाले समस्या भएको हो । पैसा भए हामी ल्याउने तयारीमा थियौं । अरुण तेस्रो परियोजनासंग पनि छलफल भइरहेको छ । समग्रमा यि माथि भनिएका कुराहरु ब्यबस्थापन गरियो भने पहाडी क्षेत्रमा राम्रो हुन्थ्यिो । अहिले बिशेषज्ञ डाक्टर ल्याउन तत्काल सरकारले नपठाउने भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरि विशेषज्ञ अध्ययन गर्दै गरेका दोस्रो र तेस्रो बर्षका विद्यार्थीहरुलाई यहाँ ल्याउने बिषयमा छलफल भईरहेको छ । सहकार्य र समन्वय गर्दा उहाँहरुलाई यहाँ ल्याउन सकियो भने ति विशेषज्ञहरुले यो अस्पतालमा सेवा दिनेछन् ।

९. अन्त्यमा के भन्नुहुन्छ ?

—सरकारको स्वास्थ्य नितीले प्रत्येक १० हजार नागरिकका लागि ५ वटा डाक्टर भनिएको छ । त्यसरी हेर्दा हाम्रो प्रत्येक स्थानीय तहमा डाक्टर हुनु पर्ने हो तर त्यो हुन सकेको छैन् ।

यो अस्पताल जिल्लाको मुख्य अस्पताल र रिफरल सेन्टर समेत भएकाले बिशेषज्ञ डाक्टरको आवश्यकता टडकारो छ । समस्या अब के छ भने फेरी दुई बर्ष पछि त्यही करारमा पठाएको एमडीजिपी डाक्टर समेत गएपछि अर्को आउने बिषय समस्या हुने संम्भावना छ । अहिले हामीलाई भौतिक संरचना भन्दा दक्ष जनशक्तिको बिषयमा अभाव हुने होकी भन्ने बिषयमा चिन्ताका साथ चासोले हेरिरहेका छौ ।

यो अस्पताललाई पूर्वी पहाडी जिल्ला मात्रै होइन । नेपालमा नै सरकारी अस्पताल पनि नमुना हुदो रहेछ भनेर बनाउन प्रयास गरिरहेका छौ । तर त्यसका लागि यहाँका नागरिक समाज, राजनैतिक दल, पत्रकार र विभिन्न ब्यक्तिब्यक्तित्व र संघसंस्थाहरुको सहकार्य,समन्वय र सद्भावको आवश्यकता देखिएको छ । सबैको साथ सहयोग भयो भने नमुना अस्पताल बनाउन धेरै समय लाग्र्दैन ।

नोट:  २०७८ मंसिर १५ गते संखुवासभा एक्सप्रेस साप्ताहिक पत्रिकामा प्रकाशित अन्तर्वार्ता

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार