संखुवासभा । बैशाख ४ गते अर्थात मातातीर्थ औंशीको दिन संखुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा आफ्नो पितृको नाममा साढे २ लाख रुपैया खर्चेर जालपादेवीथान मर्मत तथा पुनर्निर्माण गरेका छन् ।
आफ्नो स्वर्गीय मातापिता शमशेरबहादुर र अम्बिका गुरुङको संम्झनामा छोराछोरी तथा नातिनातिनीहरुले संयुक्त रुपमा जालपादेवीथान मर्मतसम्भार गरि रिवन काटेर उद्घाटन गरेका हुन् । गुरुङ समुदायमा जुठो सतुक लगायत नराम्रो काम र राम्रो काम शुभकर्ममा समेत भान्जाले चोख्याउँदा हुने रितिरिवाज र चलन भएकाले सो देवीथानको स्वर्गीय शमशेरबहादुर खलकको भान्जा टिकाराम गुरुङले रिवन काटेर उद्घाटन गरेका हुन् ।
उक्त जालपादेवीथान मन्दिर शमशेरबहादुर र अम्बिका गुरुङको ६ जना छोराबुहारीहरु जेठा छोराबुहारी लक्ष्मीप्रसाद/जगमायाँ गुरुङ, माइला छोराबुहारी स्व.सोवितमान/सावित्री गुरुङ, साइला छोराबुहारी दिपबहादुर/स्व.रुन्चीमायाँ गुरुङ, काइला छोराबुहारी केशरमान/कल्पना गुरुङ, अन्तरे छोराबुहारी मनिप्रसाद/जगमायाँ गुरुङ र कान्छा छोराबुहारी पशुपति र हरिमायाँ गुरुङले संयुक्त रुपमा पुनर्निर्माण गरेका हुन् । त्यसैगरि नाति तथा नातिनीबुहारीहरु स्व.वीरेन्द्र गुरुङ, युवराज/शिला गुरुङ, स्व.विष्णुप्रसाद/मनु गुरुङ, प्रकाश/शशी गुरुङ, राजेन्द्र/आरती गुरुङ, सुरेन्द्र/पुनम गुरुङ, मिथुन/चम्पाकुमारी गुरुङ, कविन/अनिता गुरुङ र सनम गुरुङ रहेका छन् । त्यसैगरि नातिनिहरु निर्मला, विमला, संगीता, सुनिता, सरिता, शान्ति, सकिला, सूशीला, समला र सपना गुरुङले पुनर्निर्माणमा सहयोग गरेका हुन् ।

शमशेरबहादुरको पूर्खाले तीन सय बर्ष भन्दा अगाडी स्थापना गरेको देवीथान मन्दिर जीर्ण बन्र्दै गएपछि संयुक्त रुपमा पैसा संकलन गरेर मर्मत तथा पुनर्निर्माण गरेको काइला छोरा केशरमान गुरुङले बताए । ‘यो देवीथानमा सेकाहा गाउँका करिब दुई/तीन सय घरपरिवारले पूजाआराधना गर्ने गरेपनि आफ्नो पितापूर्खाले स्थापना गरेको इतिहास भएकाले हाम्रो परिवारबाट नै मर्मत तथा पुनर्निर्माण गरिएको हो । वरिपरि तारजाली, फैलचा तथा पाटी र अगाडी पोखरी बनाउन सकियो भन्ने आन्तरिक तथा बाह्य क्षेत्रबाट आउने तीर्थालु भक्तजनहरुलाई सजिलो हुन्छ । यहाँ अझ धेरै काम गर्न बाँकी छ, हामी सबै मिलेर क्रमश गर्दै जानेछौं ।’–गुरुङले भने ।
उक्त देवीथान मन्दिरको मुलगेट, कम्पाउण्ड, प्रागंढ र देवीथान प्रवेश गर्ने बाटो निर्माण गर्न साढे दुई लाख रुपैया खर्च भएको केशरमानले बताए । देवीथान पहिले साँघुरो र जीर्ण बन्र्दै गइरहेको अवस्थामा अब पूजापाठ गर्न सजिलो हुने गरि देवीथानको मर्मत तथा पुनर्निर्माण गरिएको उनले बताए ।

अब देवीथानमा तीर्थालु भक्तजनहरुलाई पूजापाठ गर्न सहज हुने उनको भनाइ छ । आफ्नो मातापिताको संम्झनामा मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा पारेर देवीथानको औपचारिक मर्मत पछि उद्घाटन गरिएको हो । देवीथान प्रागंढमा आफ्नो स्वर्गीय मातापिता लगायत सपरिवारको नामावलीको ताम्रपत्र समेत राखिएको छ । मातापिताको संम्झनामा पुण्यको काम गर्न पाएको भन्र्दै केशरमान गुरुङले खुशी ब्यक्त गरे ।

यसो हेर्दा सामान्य काम भएपनि हरेक मानिसहरुले यसरी सामाजिक सद्भाव रहने गरि सामाजिक कामहरु गर्ने हो भने सामाजिक एकता समेत कायम हुने देखिन्छ । पुर्खा तथा अभिभावकको सम्झनाको साथै सामाजिक कार्यमा समेत एकपाइला अघि बढ्ने देखिन्छ । अत्यन्तै राम्रो र सकारात्मक उदाहरणीय काम भएको स्थानीयको भनाइ छ ।

