मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

युडब्लुएस नेपाल :
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न

Sankhuwasabhapress 598+ समाचार ( )
३१ वैशाख २०८३, बुधवार

संखुवासभा । भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं. २ मा रहेको श्री जनोदय आधारभूत विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।

विद्यालयको ११ कोठे बालमैत्री विद्यालय भवन, खानेपानी सहितको ५ कोठे बाल र अपाङ्गमैत्री शौचालय भवनको एक कार्यक्रमका बीच षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास, उपप्रमुख प्रमिला राई, युडव्लुएस नेपालका निर्देशक अभिनाश झा, दातृ निकाय कम्पनी Tropic का उपप्रमुख  कार्लटन कोनेलले संयुक्त रुपमा मंगलबार उद्घाटन गरेका हुन् ।

Tropic कम्पनीका उपप्रमुख कार्लटन कोनेलले उक्त उद्घाटन समारोहमा बोल्दै भवन निर्माण मात्र नभई विद्यालयको शैक्षिक सुधारका लागि निरन्तर पाँच वर्ष सहयोग र सहकार्य गर्ने प्रतिबद्दता व्यक्त गरे । विद्यार्थीको भविष्य निर्माण र उनीहरुलाई सपना देख्न सक्ने बनाउने उद्घम स्थानको रुपमा यो विद्यालय र समुदायले काम गर्ने विश्वास समेत व्यक्त गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको एक्लो प्रयासमा हात मिलाउने युडव्लुएस नेपाल जस्तो साझेदार संस्थासँग काम गर्न पाउनु समग्र नगरपालिकाको लागि खुसीको कुरा रहेको र यसमा समग्र समुदाय सहितको हातेमालोले मात्र बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल बनाउन सकिने धारणा व्यक्त गर्दै उद्घाटन सम्पन्न विद्यालय भवन निर्माणका लागि सहयोग गर्नु दातृ कम्पनी त्चTropic र कार्यक्रम कार्यन्वयन गर्नु हुने युडव्लुएस नेपाललाई धन्यबाद व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा आफ्ना भनाईहरु राख्दै कार्यक्रमका बिशेष अतिथि षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले युडव्लुएस नेपालको साझेदारीमा हाल ४ ओटा विद्यालयमा निर्माण सहित पाँच वर्षे शैक्षिक कार्यक्रम निरन्तर रहेको, थप २ वटा विद्यालयमा भवन निर्माण तथा शैक्षिक साझेदारीको सम्झौता सम्पन्न भईसकेको समेत जानकारी गराएका छन् ।

यस्तै १० ओटा विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि Education Plus मोडेल अन्तर्गत शुन्य शैक्षिक गरीबी (ZEP–२०३०) को लक्ष सहित कार्यक्रम साझेदारी गर्न पाउनुले यस पालिकाको शैक्षिक उन्नयनमा साहयोग पुगेको बताए । 

युडव्लुएस नेपालले भोजपुर जिल्लामा मात्रै ८ ओटा विद्यालय भवन निर्माण सहितको कार्यक्रम र २० ओटा विद्यालयमा Education Plus मोडेल अन्तर्गत शुन्य शैक्षिक गरीबी (ZEP––२०३०) को लक्ष्य सहित कार्यक्रम संचालन गरी रहेको छ । युडव्लुएस नेपालले भोजपुर, संखुवासभा, ताप्लेजुङ, तनहुँ र गुल्मी गरी ५ ओटा जिल्लामा आफ्नो कार्यक्रम संचालन गर्दै आएको छ । हालसम्म ८७ ओटा विद्यालय भवन निर्माण सहितको कार्यक्रम  साथै ४१ ओटा विद्यालयमा भ्मगअबतष्यल एगिक मोडेल अन्तर्गत शुन्य शैक्षिक गरीबी (ZEP––२०३०) को लक्षमा आधारित साझेदार विद्यालयमा काम गरीरहेको संस्थाका निर्देशक अभिनाश झाले बताए । निर्देशक झाले संस्थाले पाँच वर्षे साझदारी सम्पन्न भएका ४३ ओटा विद्यालयलाई स्थानीय सरकार तथा समुदायमा  हस्तारण गरीसकिएको जानकारी दिए । 

युडव्लुएस नेपाल सन् २०१५ मा स्थापना भई निरन्तर शैक्षिक सुधारका कार्यक्रम संचालन गर्दै आइरहेको संस्था हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार