मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

नेपाली कांग्रेस :
नेपाली जनसम्पर्क समिति मलेसियाको विशेष बैठक सम्पन्न

Sankhuwasabhapress 598+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

संखुवासभा । नेपाली कांग्रेसको विचार, नीति र अभियानलाई सशक्त बनाउँदै अघि बढिरहेको नेपाली जनसम्पर्क समिति मलेसियाको विशेष बैठक सम्पन्न गरेको छ ।

आइतबार नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा भएको बैठकमा आगामी महाधिबेसनको तयारी र पार्टीको गतिविधीका बारेमा छलफल गरिएको थियो । 

उक्त बैठकले विशेष गरि आगामी अधिवेशनको तयारी, संगठनको आन्तरिक व्यवस्थापन, सदस्यता नविकरण अभियान तथा सामाजिक र राजनीतिक गतिविधिमा नेपालीको सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको महामन्त्री हरि कोइराला जानकारी दिए ।

बैठकमा सभापति पंगेनीले जनसम्पर्क समिति केवल परदेशमा संगठन मात्र होइन यो नेपाली कांग्रेसको वैचारिक दूत भएको बताए । उनले कर्मभूमिमा समेत नेपाली कांग्रेसको मूल्य मान्यता, लोकतान्त्रिक सोच र जनअपेक्षाको प्रतिनिधित्व गरिरहेका बताए । कांग्रेसको प्रवास संगठनहरु अझ सशक्त र सुसंगठित हुनुपर्नेमा सभापति पंगेनीको भनाइ थियो ।

बैठकमा उपसभापति, महासचिव, कोषाध्यक्ष, क्षेत्रिय संयोजक, सल्लाहकार तथा क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेका थिए भने बैठकमा अन्य विभिन्न राजननितीक दलमा आवद्ध कार्यकर्ताहरु दल परित्याग गरि नेपाली कांग्रेस प्रबेश गरेका थिए । बैठकले आगामी दिनमा सञ्चालन गरिने विचार–विमर्श कार्यक्रम, कार्यकर्ता अभिमुखीकरण,  नेपालीसँग प्रत्यक्ष संवाद र संचार प्रवाहलाई थप व्यवस्थित बनाउने विषयमा कार्ययोजना तयार बनाएको नेपाली जनसम्पर्क समिति मलेसियाका प्रवक्ता सरोज दाहालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार