मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सम्पादकीय
एसईई परीक्षा : एसएलसी जस्तो छैन रौनक र चर्चा

Sankhuwasabhapress 598+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

विद्यार्थी जीवनको ‘फलामे ढोका’ को रुपमा एसएलसी परिक्षालाई लिइने गरिन्थ्यो । केही बर्षअघि सम्म एसएलसीको अर्कै रौनक र चर्चा हुने गरेको थियो । एसईई भएपछि पहिले जस्तो चर्चा र रौनक भने हराएको छ ।

विद्यार्थी जीवनकालमा कक्षा १० को अन्तिम परिक्षाको रुपमा लिइने एसएलसी पछि आफ्नो इच्छा र क्षमता अनुसारको बिषय र संकाय क्षेत्रमा पढ्न पाइने भएकाले पनि एसएलसीलाई महत्वपूर्ण रुपमा लिइन्थ्यो। अहिले केहीबर्षयता एसएलसीलाई माध्यमिक शिक्षा परीक्षा (एसइई) बनाईएको छ । अहिले सबै बिषय उत्तिर्ण हुन्छन् तर कम नम्बर ल्याउने विद्यार्थीले पुनः ग्रेड बृद्धि गर्न पाउने ब्यवस्था छ ।

त्यसैले अहिले पहिले–पहिलेको जस्तो एसएलसीको जस्तो रौनक अहिलेको एसईईमा छैन् । अहिलेका अभिभावकहरुलाई आफ्ना विद्यार्थीहरुले पढेर पास गर्नुपर्छ भन्ने भावना बृद्धि भएको छ । पहिले–पहिले चिट चोराएर भएपनि राम्रो नम्बर ल्याओस् भनेर अभिभावकका साथै शिक्षक समेत लागि पर्थे । अहिले त्यो परम्परा हटेको छ यो शिक्षा क्षेत्रको सुखद पक्ष हो । 

तर, हरेक ठाउँमा राम्रोसँगै नराम्रो पनि हुन्छ । चिट चोराउने र अर्काको नाममा परिक्षा दिने प्रबृत्ति हटेको भएपनि केही ठाउँमा अपवादका रुपमा अहिले पनि देखिने गरेका छन् । विहिबार देखि देशभर शुरु भएको एसईई परिक्षा फटाफुट घटना बाहेक शान्तिपूर्ण ढंगले एसईई परिक्षा संचालन भईरहेको छ । 

संखुवासभा जिल्लामा हालसम्म कुनै पनि अप्रिय घटना नघटेको जिल्ला शिक्षा तथा समन्वय ईकाई संखुवासभाले जनाएको छ । यो बर्ष संखुवासभामा दुई हजार ६२७ जना विद्यार्थीहरु एसइई परिक्षामा सहभागी हुने भएका छन् । जिल्लामा एक हजार ३४१ जना छात्र र एक हजार २४८ जना छात्रा परिक्षामा सहभागी हुन लागेको जिल्ला शिक्षा तथा समन्वय ईकाई संखुवासभाले जनाएको छ । जिल्लामा १६ वटा परिक्षा केन्द्र तोकीएको छ।

जिल्लाका सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगेको र केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेर परीक्षा व्यवस्थित तथा भयरहित बनाउन निर्देशन दिई सकिएको जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालय संखुवासभाले जनाएको छ । 

अन्त्यमा, विद्यार्थी जीवनको एसईई परिक्षा महत्वपूर्ण परिक्षा भएकाले राम्रो प्राप्ताङक ल्याउने गरि विद्यार्थीहरुले मेहनत गर्न जरुरी छ । राम्रो नम्बर प्राप्त गर्ने विद्यार्थीहरुको लागि जुनसुकै क्षेत्र र बिषय पढ्नलाई खुला हुने भएकाले राम्रो मेहनत सहित नम्बर प्राप्त गरि उज्ववल भविष्य निर्माणका लागि अघि बढ्नोस सम्पूर्ण विद्यार्थी भाइबैनीहरुहरुलाई शुभकामना ।।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार