मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

ल्होसार :
कुवेतमा तमू ल्होसारमा, जिदान गुरुङ कुवेत आउदै

Sankhuwasabhapress 598+ समाचार ( )
१४ मंगशिर २०८२, आइतबार

कुबेत । प्रवासी भूमिमा रहेरपनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै आएको तमू (गुरुङ) समुदायको साझा संस्था ‘तमू समाज, कुवेत’ले विगतका वर्षहरूझैँ यस वर्ष पनि तमू समुदायको राष्ट्रिय चाड ‘त ल्हो – तमू ल्होछार/ल्होसार २०८२’ आगामी २ जनवरी २०२६, शुक्रबारका दिन कुवेतको हवाली स्थित बोईज स्काउट थिएटरमा हर्षोल्लासका साथ भव्य रूपमा मनाउने भएको छ।

तमू (गुरुङ) समुदायको परम्परागत वर्ग–चक्रअनुसार यस वर्ष ‘सप्री ल्हो’ (सर्प वर्ग) लाई बिदाइ गरी ‘त ल्हो’ (घोडा वर्ग) लाई स्वागत गर्दै ल्होछार/ ल्होसार उत्सवको आयोजना गरिनेछ। कार्यक्रमलाई अझ आकर्षक तथा मनोरञ्जनपूर्ण बनाउन नेपाल आइडल सिजन ६ का उत्कृष्ट प्रतिस्पर्धी तथा नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली गायक जिदान गुरुङलाई विशेष अतिथि कलाकारका रूपमा निमन्त्रणा गरिएको छ। साथै समाजका स्थानीय कलाकारहरूले पनि आकर्षक प्रस्तुति दिने तयारी अन्तिम चरणमा पुगेको समाजकी अध्यक्ष रञ्जना गुरुङले जानकारी दिएकी छन्। कार्यक्रममा प्रवेश निशुल्क रहनेछ।

कार्यक्रमलाई भव्य रूपमा सफल पार्न नेपालीहरुको एकमात्र रोजाईको अल–मुल्ला एक्सचेन्ज (Al Mulla Exchange) कुवेतले मुख्य प्रायोजन गरेको छ। अन्य सहयोगी प्रायोजकहरूमा हिमालयन हाउस रेस्टुरेन्ट ग्रुप (American Franchise Arabica Coffee, Dampa Lounge, Momo’s Hut, Himalayan Snacks House, Himalayan Beauty Salon), रोयल गाउले रेस्टुरेन्ट तथा भेटघाट नेपाली रेस्टुरेन्ट रहेका छन्।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ - संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
मिति: २ जनवरी २०२६, शुक्रवार
स्थान: बोईज स्काउट थिएटर, हवाली, कुवेत
आयोजक: तमू समाज, कुवेत

प्रतिक्रिया

चन्द्र १४ मंगशिर २०८२, आइतबार

बहादुर तामाङ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार