मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

#पत्रकार
संखुवासभाका पत्रकारहरूलाई फोटो तथा भिडियोग्राफी तालिम

Sankhuwasabhapress 598+ समाचार ( )
१३ असार २०८१, बुधवार

संखुवासभा । जिल्लाका पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफी सम्बन्धी तीन दिने आधारभूत तथा क्षमता विकास तालिम सुरू भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाको आर्थिक सहयोग तथा नेपाल प्रेस युनियन जिल्ला शाखा संखुवासभाको संयोजनामा मंगलबार देखि फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिम आयोजना गरेको हो । 

प्रविधिको विकाससँगै पत्रकारलाई समयानुकूल दक्ष र आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिम आवश्यक भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । उद्घाटन कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख शाक्यले पछिल्लो समय आएका विभिन्न आविष्कार अनुसारको टेक्नोलोजीसँगै अपडेट हुन जरुरी भएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले पत्रकारहरुले समय अनुकुल अपडेट हुनुपर्ने बताउर्दै आफू पनि पत्रकारिता पेशाबाट नै आएकाले पत्रकारको दुःखहरु बुझेको बताए । उनले खोजमुलुक पत्रकारिता गर्न सके जिल्लामा मात्रै नभएर केन्द देखि अन्तराष्टियस्तर सम्म धेरै फराकिलो संम्भावना रहेको बताउर्दै त्यसतर्फ लाग्न अनुरोध समेत गरे । 

जिल्लाका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनु पर्ने बाध्यता छ । जिल्लाका हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यावसायिक काम गर्ने वातावरण सिर्जना गर्न फोटो तथा भिडियोग्राफी तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमकुमार राईले बताए । फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत तथा क्षमता विकास तालिमले फोटो तथा भिडियोग्राफीमै भविष्य खोजेहरुको लागि थोरै भए पनि सहयोग पुग्ने नेपाल प्रेस यूनियन जिल्ला शाखा संखुवासभाका अध्यक्ष दिपेन्द्र शाक्यले बताए ।

फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिममा जिल्लामा क्रियाशील पत्रकार र फोटो स्टुडियो व्यवसायी गरी करिव ३० जना सहभागी छन् । तालिमको सहजीकरण फोटो पत्रकार द्वारिका काफ्ले र सुशील श्रेष्ठले गरेका छन् । तालिममा जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा फोटो स्टुडियो व्यवसायीलाई पनि सहभागी गराइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार