मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

संखुवासभा कारागार घटनाको निष्पक्ष छानबिन गर्न माग

Sankhuwasabhapress 598+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

संखुवासभा । जिल्ला कारागार भित्र भएको घटनाप्रति जिल्लाका राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण भएको छ । 

घटनामा २ जना कैदीबन्दीको मृत्यु भएको थियो । उक्त घटनाप्रति पाँचवटा राजनीतिक दलले संयुक्त रुपमा विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘बन्दीगृहभित्रै दुईजनाको ज्यान जाने गरी भएको घटना मानवअधिकारमाथिको प्रहार हो’ ‘अप्रत्याशित र रहस्यमय घटना जनचासो र जनसरोकारको विषय भएकाले निस्पक्ष छानविन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछौं, जारी विज्ञप्तिमा भनिएको छ ।’

नेपाली कांग्रेसका जिल्ला सभापति तथा सांसद दिपक खड्का, एमाले जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज घिमिरे, जिल्ला संयोजक टेकमान राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव रमोद श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका शेरबहादुर ढुंगानाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटना छानविन गर्न केन्द्रीय र जिल्लास्तरका दुई समिति बनेसगै समितिहरुसग सहकार्य गर्नुका साथै निष्पक्ष छानवीनमा सघाउ पुर्याउन र अनुसन्धानलाई प्रभावकारी बनाउने उदेश्यले जिल्लाका दलहरु सम्मिलित ‘राजनीतिक समिति’ गठन गरिएको छ।’

कांग्रेस जिल्ला सभापति तथा सांसद दीपक खड्काले घटनाबारे बुझ्न जिल्ला प्रहरी प्रमुख तथा मृतकका परिवारजनसँग भेट गरेका थिए । घटनाबारे निष्पक्ष छानबिन र मृतक परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सांसद घटनाले माग गरेका छन् । सङ्खुवासभा कारागारमा विगतमा पनि केही अप्रिय र गैरकानूनी गतिविधि हुदै आएको सार्वजनिक भएको थियो। पुन यो घटनाले कारागार व्यवस्थापनको कमजोरी सतहमा आएको छ। यस्ता घटना दोहरिन नदिन कारागार व्यवस्थापनको थप सुधारका लागि पनि सरकारसँग मागसमेत गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार