मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

दिपप्रज्वलन कार्यक्रम :
खाँदबारीमा विश्व क्यान्सर दिवश मनाइयो

Sankhuwasabhapress 598+ समाचार ( )
२३ माघ २०८१, बुधवार

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा विश्व क्यान्सर दिवश मनाइएको छ । मंगलबार साँझ विश्व क्यान्सर दिवसको अवसरमा खाँदबारीमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना सहित दिप प्रज्वलन गरेर मनाइएको हो ।

नेपाल अर्बुद रोग निवारण संस्था र खाँदबारी युथ क्लबको संयुक्त आयोजनामा क्यान्सर बिरुद्ध जनचेतनामुलक छलफल तथा खाँदबारी पोखरी पार्कमा साँझ दिपप्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले पछिल्लो समय क्यान्सर रोग हर समुदाय र टोल–टोलमा फैलिरहेकाले सचेतना जगाउन आवश्यक भएको बताए । शाक्यले अहिले नेपालमा ४२ हजार बढि क्यान्सरका बिरामी रहेको र २२ प्रतिशत क्यान्सरको कारण सुर्ती सेवन रहेको, अब्यवस्थित खानपान र ब्यायाम अर्थात शारिरिक श्रम अभावका कारण ५ देखि १० प्रतिशत क्यान्सर र बंशाणुगत कारणबाट पनि ५ देखि १० प्रतिशत मानिस क्यान्सर पिडित हुनेगरेको आँकडा प्रस्तुत गर्दै यो रोगबाट बच्न नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गदै विशिष्ट अतिथी संखुवासभाका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले क्यान्सर रोग समयमा पहिचान गरि उपचार गर्न सकिए एक सामान्य रोग भएपनि बेवास्ता गर्दा ठूलो रकम खर्च गर्नुपरेकाले सिंगो परिवारले पीडा र आर्थिक भार ब्यहोर्न परिरहेको बताए । प्रजिअ खड्काले क्यान्सर रोगको न्यूनिकरणका लागि सबै पक्षको सहकार्य आवश्यक भएको अभिब्यक्ति राख्दै क्यान्सरबाट बच्न अपनाउनुपर्ने सावधानी पूर्ण नियमको पालना गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोषण श्रेष्ठले क्यान्सर रोगको अवस्था र बच्ने उपायबारे जानकारी गराउँदै पाठेघरको मुखको क्यान्सर बिरुद्ध माघ २७ गते संखुवासभामा  निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन गरिने जानकारी गराएका थिए । श्रेष्ठले नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले एचपीभी खोप अभियान सञ्चालन गरिएकाले विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालबालिकालाई अनिवार्य एचपिभी खोप लगाउने वातावरण मिलाउन सबै पक्षलाई आग्रह गरेका थिए । 

अर्बुद रोग निवारण संस्थाका सचिब तथा खाँदबारी युथक्लबका महासचिब सुरेन शाक्यले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गदै कार्यक्रमका सभापति अर्बुद रोग निवारण संस्थाका जिल्ला सभापति कृष्णराज शाक्यले सबैको सहकार्य र सामुहिक प्रयत्नले मात्रै क्यान्सरसँग लड्न सकिने धारणा राखेका थिए । सभापति शाक्यले संखुवासभामा माघ २७ गतेबाट संचालन हुन गईरहेको पाठेघरको मुखको क्यान्सर बिरूद्धको एचपिभी खोप अभियान सफल पार्न सबैलाई जुट्न आग्रह गरेका थिए ।

खाँदबारी पोखरी पार्कमा आयोजना गरिएको दिपप्रज्वलन कार्यक्रममा, जिल्ला समन्वय प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी बिनोदकमार खड्का, जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेत, जिल्ला अनुसन्धान कार्यालय प्रमुख उमेश पाण्डे, नेपाली कांग्रेस पूर्वजिल्ला सभापति दीपनकुमार श्रेष्ठ, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, रेडक्रसका जिल्ला सभापति सरोज बज्राचार्य, पत्रकार महासंघका सचिव नवीन गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष मेघराज तामाङ, पत्रकार महासंघ कोशी प्रदेश सदस्य इन्द्र गिरी,  प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष जनक चापागाईं, प्रेस सेन्टरका जिल्ला अध्यक्ष अनिष बिष्ट, मकालु अनलाईनका प्रधान सम्पादक ध्यान कुलुङ, नागरिक चासो डटकमका प्रधान सम्पादक खेवाहाङ मेवाहाङ्, समृद्ध बहुउद्धेश्यिय सहकारीका अध्यक्ष बिजय कालधन, खाँदबारी युथ क्लबका पदाधिकारी, सदस्यहरु, लगायत जिल्लाका कृयासिल पत्रकार, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष लोकदर्शन शाक्य पत्रकार महासंघका अध्यक्ष लगायत सम्पुर्ण पत्रकार, मोवायल ब्यवसायी महासंघका पदाधिकारी लगायत स्थानिय उद्योगी ब्यवसायीहरुको उपस्थिति रहेको थियो । 

बिगत केही बर्ष देखि अर्बुद रोग निवारण संस्था र खाँदबारी युथ क्लबले संयुक्त रुपमा संखुवासभामा क्यान्सर बिरुद्ध जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार