मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

राष्ट्रपति रनिङ शिल्ड :
चैनपुरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पन्न

Sankhuwasabhapress 598+ समाचार ( )
२५ माघ २०८२, आइतबार
  • मोहन कुमार राई 

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

विहिबारबाट शुरु भएको प्रतियोगितामा चैनपुर नगरपालिकास्थित सामुदायिक विद्यालय ९ र संस्थागत विद्यालय २ गरी जम्मा ११ विद्यालयहरु सहभागी भएको चैनपुर नगरपालिका शिक्षा, युवा खेलकुद शाखा अधिकृत केशव पोखरेलले जानकारी दिए । प्रतियोगितामा खेलका १६ विधामा छात्र/छात्राहरुले प्रतिस्पर्धा गरेका थिए । 

प्रतियोगिातामा भलिवल, कबडडी, ज्याभलीङ्ग थ्रो, मार्सल आर्ट, सटफूट, ट्रिपल जम्प, हाईजम्प, लङजम्प, दौडमा १ सय, दुई सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटर दौड लगातका १६ विधाका खेलहरुमा छात्र/छात्रा दुवै सहभागी भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता खेल शिक्षक प्रतिनिधि खगेन्द्र पाण्डेले बताए ।

प्रतियोगितामा ११ स्वर्ण, ५ रजत, १ कास्य सहित शारदा मावि खराङ्ग प्रथम, ७ स्वर्ण, ८ रजत, २ कास्य सहित शारदा मावि त्रिशुले द्वितीय स्थान र ७ स्वर्ण, ६ रजत, ४ कास्य सहित शारदा मावि पोखरी तृतीय स्थान हासिल गरको चैनपुर नगरपालिका शिक्षा शाखा प्रमुख कमल गौतमले बताए ।

प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई नगद २० हजार, १५ हजार, १० हजार तथा ट्रफि र प्रमाणपत्र साथै प्रथम, द्धितीय, तृतीय सथन हासिल गर्ने छात्र/छात्राहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संखुवासभा बहुमुखी क्याम्पसको खेल मैदानमा माघ २२, २३ र २४ गते सम्म सञ्चालन भएको थियो । 

प्रतियोगितमा नगर खेलकुद समिति अध्यक्ष फुर्वा शेर्पाको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको समापन कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ, उपप्रमुख एलिना श्रेष्ठ, संखुवासभा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द केसी लगायतको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार