मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

कारागार
संखुवासभा कारागारका कैदीलाई निर्माण ब्यावसायी संघले खसी दिए

Sankhuwasabhapress 598+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

संखुवासभा । संखुवासभा कारागारका कैदीलाई निर्माण ब्यावसायी संघले खसी उपहार दिएका छन् ।

आज शुक्रबार एक कार्यक्रम बीच नेपाल निर्माण ब्यवसायी संघ संखुवासभाले खाँदबारी कारागारका कैदीबन्दीहरुलाई खसी उपहार दिएका हुन् । १६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा चियापान सहित कैदीलाई खसी प्रदान गरेको निर्माण ब्याबसायी संघ संखुवासभाका अध्यक्ष सन्तोष राईले बताए ।

निर्माण ब्याबसायी संघका सल्लाहकार तथा पदाधिकारीहरु कारागार पुगी जेलर राजेन्द्र घिमिरेलाई खसी हस्तान्तरण गरेका थिए । चियापान तथा खसी हस्तान्तरण कार्यक्रममा निर्माण ब्यवसायी संघ संखुवासभाका सल्लाहकार संयोजक मिगुर शेर्पा, निवर्तमान अध्यक्ष कुलबहादुर श्रेष्ठ, कार्यसमिति अध्यक्ष सन्तोष राई लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बर्सेनि निर्माण ब्याबसायी संघले कैदीहरुलाई खसी दिने गरेका छन् । खाँदबारी कारागारमा हाल ८ महिला र १२२ पुरुष गरि १३० जना कैदीबन्दीहरु रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार