संखुवासभा । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले संखुवासभाको समृद्धि र विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
सोमबार सदरमुकाम खाँदबारीमा मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका कार्कीले प्रेस सेन्टरद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री बन्ने अवसर प्राप्त भएको र सो अवसरलाई सही ढंगले सदुपयोग गर्दै केही गरेर देखाउन लागि परेको बताए । अहिलेको वर्तमान अवस्थामा संघीयता कार्यन्वयन गर्दै प्रदेश सरकारको औचित्य भने पुष्टि गर्नु आवश्यकता रहेको मन्त्री कार्कीको भनाइ छ । मन्त्री कार्कीले आफनो मन्त्रालय अन्तर्गत रहेका शिक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक, संस्कृति र श्रम, युवा तथा खेलकुदका बारेमा आफूले केही न केही नीतिगत ब्यबस्था गर्दै नागरिकहरुले परिवर्तनको आभास हुने गरि काम गर्न लागि परेको बताए ।
‘संखुवासभामा बहुप्राविधिक शिक्षालयको स्थापना गर्न लागि परेको छु, अव चाँडै कोशी प्रदेश स्तरीय प्राज्ञ प्रतिष्ठान गठन हुदैंछ । भाषा र साहित्यलाई मायाँ गर्ने स्रष्टाहरुको सम्मान गर्ने लगायतको विविध कार्यक्रमहरु रहेको छ ।’–मन्त्री कार्कीले थपे–‘युवाहरु दिनानुदिन विदेश पलायन भइरहेका छन्, त्यसलाई कसरी रोक्ने र देशमा नै रोजगारी सिर्जना गर्ने भन्ने चिन्ता छ । त्यसैले नीतिगत ब्यवस्था गरि अघि बढ्ने योजना छ ।’
मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रालयका जिम्मेवारी पाएका कार्की संखुवासभा निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचीत साँसद हुन् । मन्त्री नियुक्त भएपछि शनिबार बेलुकी संखुवासभा आईपुगेका कार्कीलाई आइतबार संखुवासभाको विभिन्न सार्वजनिक कार्यक्रमहरु सहभागी बनेका थिए भने आज सोमबार जिल्लाको दक्षिण भेगको धर्मदेवी नगरपालिकामा रहेको एक विद्यालयको बार्षिक उत्सव कार्यक्रममा सहभागी हुदैं विराटनगर फर्किने कार्यक्रम रहेको मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
https://www.youtube.com/watch?v=PAOFbtAfhNo&t=289s