मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

नवौं राष्ट्रिय उद्योग दिवश
संखुवासभामा १० जना उद्योगी ब्याबसायी सम्मानित (भिडियो)

Sankhuwasabhapress 598+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

संखुवासभा । नवौं राष्ट्रिय उद्योग दिवशको अवसरमा संखुवासभामा १० जना उद्योग ब्याबसायीहरु सम्मानित भएका छन् ।

‘स्वदेशी उत्पादन अभियान : उद्यमीको सम्मान’ भन्ने मुलनारा सहित शनिबार सदरमुकाम खाँदबारीमा राष्ट्रिय उद्योग दिवश मनाइएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी ब्याबसायी, उद्योग वाणिज्य संघका प्रतिनिधी, कार्यालय प्रमुखहरु र संचारकर्मीको समेत उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला उद्योग प्रवद्र्धन समन्वय समितिका संयोजक सुमन शाक्यले स्थानीय तहहरुले पनि आफनो पालिकास्तरमा दर्ता भई संचालनमा रहेको उद्योग ब्याबसाय र उद्योगीहरुको मनोबल उच्च बनाउन र प्रवद्र्धन गर्न यस्ता सम्मानका कार्यक्रम ल्याउनुपर्ने बताए । उनले उद्योगीहरुले उत्पादन गरेको बस्तु सरकारले बजारको सुनिश्चिता गरिदिनुपर्ने समेत धारणा राखे ।

खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले मुलुकमा आर्थिक समस्या भईरहेको बेलामा संघ र प्रदेशबाट उद्योगी ब्याबसायीहरुको प्रवद्र्धनका लागि कार्यक्रम कम आउने गरेको र पालिकामा आन्तरिक स्रोत कम हुदाँ सोचे जति उद्योगी ब्याबसायीहरुको क्षेत्रमा लगानी गर्न नसकिरहेको बताए । उनले खाँदबारी औधौगिक ग्राम स्थापना गरि उद्योगी ब्याबसायीहरुलाई केही राहत पु¥याउन आफू लागि परेको मेयर थपलियाले बताए ।

साना तथा घरेलु उद्योगहरु सशक्त र आत्मनिर्भर भएको खण्डमा मात्रै ठूलो उद्योग र उद्योग संचालकहरु आत्मनिर्भर बन्र्दै जाने मेयर थपलियाको भनाइ थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले उद्यमीहरुले नवीकरण गर्न पालिकास्तरबाट नै काम गर्न सकिने बताए । उनले पालिकास्तरबाट नै नवीकरण लगायतका सामान्य कामहरु भए उद्यमीहरु धाएर जिल्ला सम्म आउनुपर्ने बाध्यता हटने बताए । 

कार्यक्रममा सम्मानितहरुको तर्फबाट बोल्र्दै खाँदबारी फर्निचर उद्यमी हेमराज श्रेष्ठले मेहनत र परिश्रम गरे यहि सुन फल्ने बताए । उनले काम गर्न हिच्किचाउनु भएन, आफै अग्रसर भएर काम गर्नुपर्छ, काम गर्ने छन् भनेर मात्रै हुदैन आफै लागेर काम गरे यही मनग्ये आम्दानी हुने गरेको बताए । पैसा कमाएपछि बचत गर्ने बानीको समेत विकास गर्नुपर्ने श्रेष्ठको भनाइ थियो । 

उक्त कार्यक्रममा जिल्लाभर विभिन्न उद्योग खोली आत्मनिर्भर बनेका उत्कृष्ट १० जना उद्योगी ब्याबसायीलाई दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा विमला राई रहेकी छिन् । उनले खाँदबारी–३ मा बि एण्ड वि कृषि तथा पशुपालन फार्म संचालन गरिरहेका छन् । त्यसैगरि अर्का चन्द्रकला शेर्पा, जसले किवी ग्राउण्ड एपल अलैंची चिराइतो उत्पादन केन्द्र धर्मदवी–६ मा संचालन गरिरहेका छन् । त्यसैगरि सुशिला राई उनले पाँचखपन मुडा उद्योग पाँचखपन–६ मा संचालन गरिरहेका छन् । त्यसैगरि राजु बुढाथोकी, उनले खाँदबारी–३ मा बुढाथोकी गाई तथा कृषि फार्म संचालन गरिरहेका छन् ।

त्यसैगरि दिपेन लिम्बु पनि सम्मानित भएका छन् । उनले चैनपुर–१ मा थक्लुङ अलैंची उत्पादन तथा पशुपालन फर्म संचालन गरिरहेका छन् । त्यसैगरि सुमना परियार उनले खाँदबारी–१ मा श्रेया टेलर्स संचालन गरिरहेकी छिन् । त्यसैगरि गोपाल सुवेदी सम्मानित भएका छन् । उनले मादी–६ मा उमेश कृषि फर्म संचालन गरिरहेका छन् । त्यसैगरि हेमराज श्रेष्ठले खाँदबारीमा कुमार फर्निचर उद्योग संचालन गरिरहेका छन् ।  त्यसैगरि मेघराज गुरुङले चिचिला–१ मा चिचिला अर्गानिक चिया उत्पादन फर्म संचालन गर्दै आएका छन् । त्यसैगरि मनकला राई पनि सम्मानित भएकी छिन् । उनले खाँदबारी–७ मा हिमाली घरेलु उद्योग संचालन गरिरहेका छन् । 

विगतका बर्षहरु झै यसबर्ष छनौट समितिको सिफारिस अनुसार उद्योगीहरुको प्रोत्साहनका लागि उद्योग सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रेमचन्द्र कुलुङले बताए । उनको अनुसार, पछिल्लो समयमा पछिल्लो समय संखुवासभामा साना तथा घरेलु उद्योगीहरुको संख्या बढ्र्दै गएको छ । जिल्लामा विशेष गरि कृषि, पर्यटन, ब्यापार र वाणिज्य क्षेत्रका उद्योगहरु प्रशस्त खुल्न थालेका छन् ।

हाल संखुवासभामा तीन हजार तीन सय वटा साना तथा घरेलु उद्योग दर्ता भई संचालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाको तथ्याङ्क रहेको छ । 

भिडियो हेर्नका लागि तलको लिंक click गर्नुहोस् ।

https://www.youtube.com/watch?v=EmH9tVZUfOg&t=27s

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार