संखुवासभा । नेपाल विद्यार्थी संघ भोटखोला गाउँपालिकास्तरीय अधिवेसन सम्पन्न भएको छ । आइतबार भोटखोला गाउँपालिकाको केन्द्र हटियामा भएको अधिबेसनले गुटीबहादुर भोटेको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पेक्चुङ्ग भोटे, सचिव अविरल भोटे, सहसचिवद्धय गेचप भोटे, सोनाम भोटे र कोषाध्यक्ष जोम्मा भोटे चयन भएका छन् भने सदस्यहरु छेसाङ्ग भोटे, फुपुरिन्जीन भोटे, रिदार डेम्बा भोटे, भुटिक शेर्पा, सुमन भोटे, राम राई, भिम तामाङ्ग, किप्पा भोटे र डमिक डोल्मा भोटे रहेका छन् ।
नेपाल विद्यार्थी संघ (नेवि संघ) का केन्द्रीय सदस्य विकास राईको प्रमुख आतिथ्यमा अधिबेसन सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथीहरु भोटखोला गाउँपालिका नेपाली कांग्रेसका पार्टी सभापति पासाङ्ग खम्वा भोटे, नेपाल विद्यार्थी संघ संखुवासभाका अध्यक्ष चिरन्जिवी श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सदस्य डुक्पा थिकेपा भोटे लगायतको उपस्थिती रहेको थियो । नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको विद्यार्थी संगठन हो ।