मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सिलीचोङ गाउँपालिका :
सिलीचोङमा अध्यक्ष कप अन्तरपालिका भलिवल र सिलीचोङ ट्रेल रेस–२ संचालन हुने

Sankhuwasabhapress 598+ समाचार ( )
४ चैत्र २०८२, बुधवार

संखुवासभा । जिल्लाको सिलीचोङ गाउँपालिकाको केन्द्र ताम्कूमा ‘अध्यक्ष कप अन्तरपालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता र सिलीचोङ ट्रेल रेस–२’ संचालन हुने भएको छ ।

बुधबार सिलीचोङ गाउँपालिका खेलकुद विकास समितिले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै प्रतियोगिताको बारेमा जानकारी दिइएको हो । जिल्लाको दुर्गम गाउँपालिका भएपनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको सिलीचोङ गाउँपालिका खेलकुदको क्षेत्रमा अगाडी रहेको छ । सिलीचोङ गाउँपालिकाको विकास र पर्यटन प्रर्बद्धन गर्दै खेल प्रतियोगिताको आयोजना गरिएको सिलीचोङ गाउँपालिका खेलकुद बिकास समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले बताए । खेलकुदको माध्यमबाट पनि पालिकाको विकास र पर्यटन प्रर्बद्धन गर्न सकिन्छ भनेर प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

नयाँ बर्ष २०८३ को अवसरमा वैशाख १ गतेदेखि ६ गतेसम्म सिलीचोड–३ को ताम्कुमा प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष मेवाहाङको भनाइ छ । उनको अनुसार, सिलीचोङ गाउँ खेलकुद विकास समितिले विगत ७ वर्षदेखि निरन्तर रूपमा खेलकुद क्षेत्रका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । यस वर्षबाट प्रतियोगितालाई थप परिस्कृत गर्दै पर्यटन प्रबद्र्धन तथा आर्थिक विकासलाई प्राथमिकतामा राखेको छ ।

समितिले अघिल्लो वर्षदेखि सुरु गरेको ट्रेल रेस प्रतियोगिताले गाउँपालिकामा साहसिक खेलकुदको विकास तथा प्राकृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको र यसपटक प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षकरूपमा सञ्चालन गरिने बताइएको छ । गाउँपालिकाका सबै वडालाई समेट्ने गरी धावकहरूले डाँडाकाँडा हुँदै धार्मिक तथा पर्यटकीय स्थलहरूको आनन्द लिने र दौड पुरा गर्ने तयारी गरिएको छ ।

प्रतियोगितामा छिमेकी जिल्लाका स्थानीय तहका खेलाडीहरूको समेत सहभागिता रहनेछ । यसैगरी प्रतियोगितामा सहभागी प्रत्येक टिममा सम्बन्धित जिल्लाबाहिरका ख्यातिप्राप्त बढीमा ३ (तीन) जना खेलाडी सहभागी गराउन सकिने व्यवस्था गरिएको जनाएको छ ।

उक्त प्रतियोगितामा भलिवल तर्फ विजेताले २ लाख तथा उपविजेताले १ लाख, तृतीयले ३५ हजार र सान्तवना २५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ४ हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर र सेटरलाई जनही दुई हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । हरेक खेलमा म्यान अफ दी म्याच घोषणा गरी सम्मनित गरिनेछ ।

यसैगरी सिलीचोड ट्रेल रेस–२ मा जम्मा ५० जना धावक सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार, तृतीयलाई रु. ७ हजार, चौथोलाई रु. ५ हजार र पाँचौ, छैटौ र सातौँलाई रु.२/२ हजार रुपैया नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार