मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सम्पादकीय :
खाँदबारी बजारका मान्छेका चेतना कहिले आउँछ ?

Sankhuwasabhapress 598+ समाचार ( )
१५ कार्तिक २०८२, शनिबार

बुधबार दिउँसो खाँदबारीको सजग टोलमा मोटरसाइकल सामान्य दुर्घटना भयो । सानो बाटो त्यसमाथि पनि आधा सडक पार्किङ भनेर छुटाएको छ भने अर्को पट्टि एक स्थानीय अग्रजले सडकपेटीमा बालुवा थुपारेका थिए । उक्त मोटरसाइकल बालुवाको कारण दुर्घटनामा परेको स्पष्ट सिसि क्यामेरा फुटेजमा देख्न सकिन्छ । स्थानीय दिपकिरण शाक्यले मोटरसाइकल दुर्घटनाको फुटेज सामाजिक संजालमा हालेपछि छयापछाप्ती भयो । 

उक्त फुटेज सार्वजनिक भएपछि चौक, चौतरा र चियापसलमा विभिन्न खालका टिकाटिप्पणीहरु उठन थाले । खाँदबारी बजार भित्रका सानो बाटो त्यसमाथि साना सवारी साधानहरु यहि बाटो भएर गुडने गर्दछ । कहिलेकाँही जबरजस्ती ढंगले मालबाहक ढुवानीका टिफरहरु समेत बजार भित्र छिराउने ब्यापारीहरु पनि यहि बजारमा छन् । नगरपालिका चौक अगाडी देखि पल्टी गर्नुपर्ने दुःखले मालबहाक सवारीसाधान नै बजारभित्र जबरजस्ती भित्राउछन् ।

नाम सजग टोल तर काम र ब्यबहार चाँही सजग जस्तो लाग्र्दैन । धेरै दिन अगाडी देखि आफ्नो घरअगाडीको सडक पेटीमा निर्माण सामग्री थुपारेर राख्नु कति सम्मको लाचारीपन हो ? सार्वजनिक सडक आधा छोपेर निर्माण सामग्री थुपार्ने ? आधा सडक ढाकेर बजार पसल फिजाउने ? सार्वजनिक सडक आधा छोपेर पार्किङ क्षेत्र बनाउने ? यो कुन कानून, दफा र धारामा लेखिएको छ । होइन, भने सचेत नागरिकले आफनो घर अगाडीको सार्वजनिक जमिनहरु यसरी मिच्न मिल्छ त ? पक्कै मिल्दैन होला । आफ्नो घर अगाडी ठूलो ठाउँ चाँहिने र खोज्ने महानुभावहरुले घर अलि पछाडी सारेर बनाउने र अगाडी आँगन ठूलो राख्ने, आफ्नो निजी लालपूर्जा भित्रको जमिन प्रयोग गर्न तपाईलाई कसैले केही भन्नेवाला छैन् । यहाँ त आफ्नो जग्गा सबै ओगटेर घर निर्माण गर्ने अनि सार्वजनिक जग्गालाई आधा ढाकेर निजी जस्तो ब्यबहार गर्ने खाँदबारी बजारभित्रको प्रवृत्ति देखिएको छ । त्यसका साथै खाँदबारी बजारभित्र देखिएको अर्को बेतिथी भनेको घर माथि छतबाट बाटो हिड्ने बटुवालाई झिज्ने गरि लुगा धोएको, नुहाएको र सागसब्जी धोएको पानी फ्याक्ने प्रबृत्ति बढेको छ । के खाँदबारी बजारभित्रका सचेत नागरिकको काम यहि हो ? बजारमा बसेपछि अलि पढेलेखेका जान्ने बुझने हुन्छन् भन्ने आममानिसहरुको सोचाइ हुन्छ, यो स्वाभाव र प्रबृत्तिले तपाई कस्तो भनेर देखाउँछ हैन त ? बजारभित्र बेतिथी नै बेतिथी भरिएको देख्न थालेको छ । आफ्नो घर अगाडीको निर्माण सामग्री अरु युवाहरु आएर थन्काई दिनुपर्ने ? धन्न संकटका साथी टिमले तुरुन्तै बालुवा हटाई दिए, नत्र अर्को कति दिन त्यही थन्किन्थ्यो । 

अन्त्यमा, खाँदबारी बजारको सुन्दरता र ब्यबस्थित बजार बनाउन खाँदबारी १ नम्बर वडा कार्यालय र खाँदबारी नगरपालिका स्थानीय सरकारले केही अग्रसरता देखाउन आवश्यक छ । नत्र बजारका मान्छेका चेतना आफै फर्किदैन, स्थानीय सरकारले लौरी लगाएमात्र दिमाग आउँछ की ?

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार