मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सम्पादकीय :
‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ सातौं बर्षमा प्रवेश ।

Sankhuwasabhapress 598+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

वि.सं. २०७६ साल देखि संखुवासभा एक्सप्रेस साप्ताहिक पत्रिकाको प्रकाशन शुरु गरिएको हो । हिजो जस्तो लाग्छ तर आज ६औं बर्ष पूरा भई सातौं बर्षमा प्रवेश गरेको छ ।

पत्रिकाको नाम के जुराउने बिषयमा निकै महिना सोच्नु परेको थियो । निकै नै सकस परेको थियो । आममानिसहरुको जनजिव्रोमा झुन्डिने र जिल्लाको नामसँग जोडिए राम्रो हुन्छ भन्ने मनभित्रबाट लागेको थियो । ‘क्याची’ नाम खोजी रहेको थिए । साथीसँगीहरुको सल्लाह सुझाव अनुसार अन्तिममा ‘संखुवासभा एक्सप्रेस’ नाम जुरेको थियो । साप्ताहिक रुपमा पत्रिका प्रकाशन गर्ने सोच बनाएपनि कुन बार प्रकाशन गर्ने भन्ने बिषयले निकै समय खाएपछि अन्तिममा ‘विहीबार’ जुरेको थियो । शुरुवात चरणमा पत्रिका प्रकाशन गर्न निकै दुःख भयो । हुन  त मैले यसअघि पनि अन्य पत्रिकामा बसेर प्रकाशन गर्ने जिम्मेवारी सम्हालेको हुदाँ नयाँ बिषय भएन । तै पनि दिलोज्यान दिएर निरन्तर पत्रिका प्रकाशन गरिरहे नै रहे । आजसम्म निरन्तर रुपमा पत्रिका प्रकाशन गर्दै जाँदा कति छिटो ६औं बसन्त पूरा गरि सातौं बर्षमा प्रवेश गरिसकेछ । समय कति चाँडै बित्तो रहेछ । 

विभिन्न राष्ट्रियस्तरका छापा र विद्युत्तीय संचारमाध्यमहरुको रिर्पोटर भएर करिब २०६२/६२ देखि संखुवासभामा सक्रियतापूर्वक पत्रकारिता गरिरहेको थिए । त्यही माथि स्थानीय रुपमा एउटा पत्रिका संचालन गर्ने चाहाना भयो र शुरुवात गरे । जसलाई आज पर्यान्त निरन्तरता दिईरहेको छु । आज ‘संखुवासभा एक्सप्रेस’ पत्रिका जिल्लाकै सबैको रोजाईमा रहेको लोकप्रिय साप्ताहिक हो भन्दा कुनै कुन्जुस्याई नहोला । छापा संचारमाध्यम संकटमा छ भनेर जान्दा जान्दै पनि शुरुवात गरेको हो—‘संखुवासभा एक्सप्रेस’ । सोही छापा माध्यमका समाचारहरु संचारभरका मानिसहरुले सजिलै पढ्न सकियोस् भनेर www.sankhuwasabhapress.com अनलाइन संस्करण पनि सँगसँगै रहेको छ । पत्रिका प्रकाशन पछि घर–घर, कार्यालयहरुमा वितरण हुन्छ भने सोही समाचार अनलाइन संस्करणमा समेत पढ्न सक्ने ब्यबस्थापन गरेका छौं ।

आज यो पत्रिका सातौं बर्षमा प्रवेश गरिरहँदा यो गौरवमय क्षण र खुशी सबैमा साट्न चाहान्छु । “संखुवासभा एक्सप्रेस“ ले आफ्नो निरन्तर पत्रकारिता यात्रामा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै सातौँ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आजसम्म निरन्तर रूपमा जनताको पक्षमा कलम चलाउँदै, सूचना प्रवाह र जनचेतनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ । पत्रिकाले विगत ६ वर्षको अवधिमा विभिन्न सामाजिक, राजनीतिक, आर्थिक तथा स्थानीय मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । जनताको आवाज बुलन्द गर्न, तथ्यमा आधारित समाचार दिन र जिम्मेवार पत्रकारिता गर्न पत्रिका प्रतिबद्ध रहेको छ । ‘सत्य, तथ्य र निष्पक्ष’ पत्रकारिता हामी सबैको नारा हो । पत्रिकाले ‘विकास र परिवर्तनका लागि संचार’ भन्ने नारालाई आत्मसाथ गर्दै जनताको पक्षमा वकालत गर्दै आएको छ । हामीले पत्रकारिताको धर्म र आचारसंहिता बुझेका छौं, त्यसैले विधिविधान र आचारसंहिता बाहिर गएर पत्रकारिता गर्दैनौं—‘यो हाम्रो प्रतिबद्धता हो ।’

संखुवासभा एक्सप्रेस परिवारलाई सातौँ वर्ष सम्म आईपुग्नका लागि विभिन्न ब्यक्तिब्यक्तित्वहरु, समाजसेवी, पाठक बर्गहरु, ग्राहक महानुभाव, विज्ञापनदाता, जनप्रतिनिधीहरु, सरकारी तथा गैरसरकारी संघसंस्था र कार्यालय प्रमुख तथा शुभचिन्तकहरु सबै प्रति कृतज्ञ छु । र, आगामी दिनहरु पनि यहि साथ सहयोगको अपेक्षा राखेका छौैं ।

अन्त्यमा, आगामी दिनमा अझ सशक्त, वस्तुनिष्ठ र जनमुखी पत्रकारिताका साथ अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछु । जय नेपाली पत्रकारिता ।।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार