मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

विद्योदय संस्कृत माध्यमिक विद्यालय
कक्षा ११ र १२ संचालनका लागि पांठामा सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव हुने

Sankhuwasabhapress 598+ समाचार ( )
१७ माघ २०८०, बुधवार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–६ पांठा स्थित विद्योदय संस्कृत माध्यमिक विद्यालयमा कक्षा ११ र १२ संचालनका लागि सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव हुने भएको छ।

यहि माघ १८ देखि २४ गते सम्म श्रीमतभागवत सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव संचालन हुने भएको हो । मंगलबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरि सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सव संचालनको बारेमा जानकारी दिएको हो । 

विद्यालयको शैक्षिक उन्नयन र कक्षा ११ र १२ सञ्चालन सहयोगार्थ धनधान्याञ्चल श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर भण्डारीले जानकारी दिए । उनले विहीबारबाट सुरु हुने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको प्रअ भण्डारीले बताए ।

खाँदबारी नगरपालिका वडा नं. ६ का अधिकांस कृषकहरुको बसोबास रहेको, आर्थिक हिसाबले कमजोर र विपन्न विद्यार्थीहरु रहेका कारण त्यहाँका विद्यार्थीहरु बाहिर गएर बढ्न समस्या भएकाले गाउँमा कक्षा ११ र १२ संचालन गर्न आर्थिक संकलनका लागि महायज्ञको आयोजना गरिएको प्रअ भण्डारीको भनाइ छ ।

‘आर्थिक अवस्था निम्न र कमजोर भएका परिवारका विद्यार्थीहरुलाई घरमा नै बसेर माध्यमिक तह पढ्ने वातावरण तयार गर्न महायज्ञको आयोजना गरेका छौं, घरैमा बसि–बसि घर छेउको विद्यालयमा कक्षा ११ र १२ पढन पाउने अवसर प्राप्त होस्, उच्च शिक्षाबाट कोही पनि बञ्चित हुन परोस् भनेर महायज्ञ संचालन आयोजना गरिएको हो, सबैले सकेको सहयोग गरिदिनु अनुरोध गर्दछु ।’— प्रअ भण्डारीले भने ।

श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञका प्रमुख कथावाचक पण्डित रमेश कोइरालाका साथमा ख्याति प्राप्त कलाकारहरुको साथमा संगीतमय कथावाचन गरिने आयोजकले जनाएको छ । विहिबार कलशयात्रा र विभिन्न जातजातिको झाँकीका साथमा उदघाटन गर्ने कार्यतालिका रहेको छ । शुक्रबार देखि दैनिक विहान ७ बजे पुजापाठ र विहान ९ बजे देखि बेलुका राती १० बजे सम्म कथावाचन तथा झाँकी प्रर्दशन गरिने आयोजक समितिका सदस्य तथा गुरु लक्ष्मण पोख्रेलले जानकारी दिए ।

महायज्ञमा सहयोगी दाताहरुले दिएको सहयोग रकम १ रुपैया देखि ५ लाख भन्दा माथि सहयोग गर्ने दाताहरुलाई नगदी रसिद देखि १२ तोला चाँदीको कुरुवा सम्मको सम्मान गरिने आयोजकले जनाएको छ । त्यसैगरी तुलादान, भुमिदानका आधारमा पनि दान अनुसारको सम्मान गरिने आयोजकले जनाएको छ । कथाश्रवण गर्न आइदिनु हुन सबैलाई आयोजकले अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार