संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका वडा नं. १० मा खेलकुद विकास समिति गठन भएको छ ।
आइतबार चैनपुर–१० का वडा अध्यक्ष धनबहादुर तामाङ (अशोक)को अध्यक्षतामा बसेको बैठकले वडास्तरीय खेलकुद विकास समिति गठन गरेको हो । सुवास खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा गोपाल अधिकारी, सचिव नवीन कुमार लिम्बुखिम, कोषाध्यक्ष सुनिता श्रेष्ठ चयन भएका छन् । त्यसैगरि सदस्यहरु सुवन दर्जी, दिनेश राई, राकेश अधिकारी, राज कुमारी लिंखा र सरिता न्यौपाने चयन भएकी छिन् ।
त्यसैगरि ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिको संयोजक भुवनराज भण्डारी र सदस्यहरु उमेश श्रेष्ठ र सन्जिव कटुवाल चयन भएको नवनिर्वाचीत समितिका उपाध्यक्ष गोपाल अधिकारीले जानकारी दिए ।
वडास्तरीय खेलकुद विकास समितिले अब आउने दिनहरुमा वडामा विभिन्न खालका खेलकुद कार्यक्रमहरु संचालन गर्ने उद्धेश्य रहेको जनाएको छ ।