मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

फुटबल
धर्मदेवी नगरपालिकामा तेस्रो होम्बोङ्ग कप फुटबल प्रतियोगिता शुरू

Sankhuwasabhapress 598+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिकामा धर्मदेबी युथ क्लब होम्बोङ्गको आयोजनामा धर्मदेबी–६ मा तेस्रो होम्बोङ्ग कपको बुधबार औपचारिक उद्घाटन भएको छ । 

आमन्त्रित वडास्तरीय नकाउट पुरुष फुटबल प्रतियोगितामा आयोजकका दुई वटा टिम गरि १२ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । बुधबार एक औपचारिक कार्यक्रम गर्दै क्लबले खेलको उद्घाटन गरेको हो ।

उद्घाटन कार्यक्रममा धर्मदेवी नगरपालिकाका मेयर उदयचन्द्र पौडेलको प्रमुख आतिथ्यता भएको थियो भने उपमेयर तारा महत भट्टराई, जिल्ला समन्वय समिती सदस्य मनोजकुमार थायुम, सोही वडाका वडाअध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, धर्मदेवी–८ का वडाअध्यक्ष सुमन नेपाल, नगर खेलकुद बिकास समिती अध्यक्ष माधब सुवेदी, वडा सदस्यहरु, सहयोगी साथै अन्य संघसंस्थाका प्रतिनिधी र स्थानीय बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो । 

प्रतियोगिता ३० गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका बिजेताले नगद ३५ हजार, उपबिजेताले नगद २० हजार, साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लब अध्यक्ष अशोक जिमीले बताए ।

कार्यक्रममा बोल्दै मेयर उदयचन्द्र पौडेलले धर्मदेबी नगरपालिका खेलकुदका क्षेत्रमा काम गर्न सधैं सकारात्मक रहेको बताएका छन् । 

उक्त कार्यक्रममा खेलमैदानको लागि निःशुल्क जग्गा प्रदान गर्ने ७ जनालाई आयोजकले सम्मानपत्रद्वारा सम्मानित गरेका थिए । सम्मानित हुनुहुनेमा मनबहादर जिमी, हमबिर जिमी, इन्द्रबहादुर जिमी, प्रसादमान जिमी, अरुण जिमी, बिबेक जिमी र टिकाराम जिमी रहेका छन् ।

खेलमैदान निर्माणको क्रममा सहयोग गर्ने रिभल्स फल्स हाईड्रोपावरलाई समेत क्लबले सम्मानपत्र प्रदान गरेको छ । उक्त उद्घाटन कार्यक्रमको संचालन प्रकास जिमीले गरेका थिए ।

उद्घाटनको दिन आयोजक ‘बि’ र धर्मदेबी–५ बिच भएको खेलमा धर्मदेबी ५ ले आयोजक ‘बि’ लाई एक गोलका बिरुद्ध दुई गोल गरेर खाता खोलेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार