मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

अमेरिकाको हवाईमा इतिहासकै खराब प्राकृतिक प्रकोप : डढेलोमा परि ज्यान गुमाउनेको सङ्ख्या ६७ पुग्यो

Sankhuwasabhapress 598+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ ।

हवाईको माउइ टापु लाहैनामा फैलिएको डढेलोमा उनीहरुले ज्यान गुमाएका हुन् । केही घाइते भएका छन् । त्यहाँ अरु केही मानिस हराइरहेका अनुमान छ । हजारौँ नागरिक विस्थापित भएका छन् । उनीहरुलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । माउइ पर्यटकीय टापु मानिन्छ ।

मङ्गलवारदेखि शुरु भएको डढेलो निक्कै फैलिएको छ । हवाई राज्यलाई विपदग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रभावित क्षेत्र लाहैनामा २ सय ७० भन्दा बढी संरचना ध्वस्त भएका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

माउइ टापुसहित हवाईको ठूलो भू–भागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । हवाई राज्यको इतिहासमा यो सबैभन्दा खराब प्राकृतिक प्रकोप मानिएको छ । क्षतिग्रस्त सहरमा क्षतिको विवरण लिन हिजो छोटो समयका लागि घर फर्कन प्रभावितलाई अनुमति दिइएको थियो । माउइ टापुमा लागेको डढेलोबाट भएको क्षतिलाई पुनर्निर्माण गर्न धेरै वर्ष लाग्ने हवाईका गभर्नर जोस ग्रीनले बताउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार