मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

सिलिचोङ गाउँपालिका :
ऊर्जामन्त्री खड्काद्वारा सिसुवाखोलाको पक्की पुल उद्घाटन

Sankhuwasabhapress 598+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

संखुवासभा । अरुणपारिको दुर्गम भनेर चिनिने संखुवासभाको सिलिचोङ गाउँपालिका जोड्ने मोटरेबल पक्की पुलको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरेका छन्।

बिहीबार एक कार्यक्रमबिच मन्त्री खड्काले रिबन काटेर मोटरेबल पुलको उद्घाटन गरेका हुन्। पुल उद्घाटन गर्दै मन्त्री खड्काले पुल सञ्चालनमा आएसँगै दैनिक आवतजावतमा सहज हुने बताए।

सिलिचोङको आर्थिक विकासमा समेत पुलले सहजता थपेको उल्लेख गर्दै उनले यस क्षेत्रको विकासका लागि आफूले काम गरिरहेको बताए।

पुल निर्माण सम्पन्न भएपछि सदरमुकाम खाँदबारीदेखि सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु आवतजावत गर्न सहज भएको छ। त्यसैगरी, सिलिचोङ गाउँपालिकाको वडा नं। १ र २ जोडिनुका साथै सोही पुल हुँदै भोजपुरको साल्पासिलिछो गाउँपालिकासमेत जोडिएको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले बताए। अब यस क्षेत्रका कृषि उत्पादन बजारसम्म पुर्याउन सहज हुने उनको भनाइ छ। 

सिलिचोङ गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत गरी कुल चार करोड ६५ लाख रुपैयाँको लागतमा सिसुवाखोलामा ४५ मिटर लामो पक्की पुल निर्माण भएको हो। पुल निर्माणका लागि गाउँपालिकाले अम्बर–कुन्सालिङ कम्पनीसँग सम्झौता गरेको थियो। २०७९ वैशाख ११ गते सम्झौता भई ०८२ असार १५ गते निर्माण सम्पन्न भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार