मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

खोप अभियान :
संखुवासभामा एचपीभी खोप लगाउन शुरु

Sankhuwasabhapress 598+ समाचार ( )
३० माघ २०८१, बुधवार

संखुवासभा । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान माघ २७ आइतबार देखि संखुवासभा जिल्लाभर शुरु भएको छ । 

आइतबार एक कार्यक्रम बीच हिमालय माध्यमिक विद्यालय खाँदबारीबाट जिल्ला खोप समन्वय समिति र नगर स्तरीय खोप समन्वय समिति खाँदबारीको आयोजनामा खोप अभियानको औपचारिक रुपमा शुरुवात गरिएको हो । 

जिल्ला खोप समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले स्वास्थ्यकर्मीहरुलाई खोपको भ्याक्सिन बाकस हस्तान्तरण गर्नुका साथै कक्षा ६ मा अध्ययनरत छात्रालाई पहिलो खोप हानेर अभियान औपचारिक शुरुवात भएको घोषणा गरिएको थियो । 

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, स्वास्थ्य कार्यालय प्रमुख नारदमुनी सुवेदी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गोपालमान भण्डारी, खाँदबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकमणी घिमिरे, जिल्ला अस्पतालका मेसु डा.सन्तोष देव, नेपाल पत्रकार महासंघ संखुवासभाका सभापति कृष्णराज शाक्य लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । 

संखुवासभामा कक्षा ६ देखि १० सम्मका ७ हजार छ सय ६२ विद्यार्थी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका एकहजार तीन सय ७३ किशोरी गरि कुल ९ हजार ३५ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय संखुवासभाका जनस्वास्थ्य अधिकृत रोषण श्रेष्ठले बताए । उनका अनुसार, जिल्लाका १४४ विद्यालयका सहित २७६ खोपकेन्द्र मार्फत किशोरीहरुलाई एचपीभी खोप लगाईनेछ । त्यसैगरि खोप अभियानमा २८० जना स्वास्थ्यकर्मी, ५५६ जना  स्वयम सेवक, १३२ जना सुपरिवेक्षक परिचालन छन् । भोटखोला गाउँपालिकामा भने फागुन १८ देखि २० सम्म संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार