संखुवासभा । नेपालमा संचालन भईरहेका ठूला–ठूला गायन प्रतियोगिताको पहुँचमा नपुगेका प्रतिभाहरुको लागि “पूर्वी स्टार गायन प्रतियोगिता” संचालन गरिने भएको छ ।
ओझेलमा परेका प्रतिभाहरुको लागि अवसर बनाउने लक्ष्यका साथ “पूर्वी स्टार गायन प्रतियोगिता” संचालन गर्न लागिएको हो ।
हाङ अनलाईन म्यूजिक प्रालिले मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दै पूर्वी स्टारको अडिसन आगामी पुस १ गतेबाट सुरु हुने र अनलाईन आवेदन भने मंसिर २५ गतेसम्म लिईने आयोजकले जनाएको छ ।
ईच्छुकले सहभागिताको लागि आवेदन ह्वाटस् एप नम्बर ९८४२४२६२०६ वा ९८६९७५५२५५ मा दिन सक्नेछन् । सहभागिताको लागि आवेदन शुल्क एक हजार रुपैयाँ लाग्ने र सो रकम आयोजक कम्पनीको क्यूआरमा जम्मा गरि शुल्क तिरेको स्कृनसर्ट पठाउनु पर्ने हुन्छ ।
पहिलो चरणको अडिसन अनलाईन मार्फत हुनेछ र अडिसनका लागि ह्वाटस् एपमा गीत गाएर भिडियो पठाउनुपर्ने आयोजकले जनाएको छ । त्यसैगरि भारतबाट ९१७६७९६२२९८५ मा ह्वाटस् एप गर्न सकिने छ । पहिलो अडिसनबाट छनौटमा परेका सहभागीले दोस्रो चरणको लागि ट्रयाकमा गीत गाएर भिडियो अनलाईन मार्फत नै पठाउनुपर्ने र त्यस मार्फत पनि छनौैटमा पर्ने सहभागीले सुनसरीको धरानमा गई प्रत्यक्ष सहभागीता आयोजक समितिका कार्यक्रम निर्देशक टिआर लिम्बुले बताए ।
लिम्बुले पूर्वी स्टारको विजेताले नगद रु. ४ लाखको साथमा सुनको सिक्रि १ थान, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने बताए । उनका अनुसार, द्वितीय हुनेले नगद १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तृतीयले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाणपत्र पाउने छन् । तेस्रो चरण (लाईभ राउण्ड) देखि प्रत्येक राउण्डका उत्कृष्टले एक÷एक थान गिटार प्राप्त गर्नेछन्।
यस प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा संगीतकार खगेन्द्र यक्सो र गायक कुसल थलङ रहेका छन् । पूर्वी स्टारमा संसार भरका नेपालीहरुले सहभागिता जनाउन पाउनेछन् ।
भिडियो हेर्नका लागि तलको लिंक click गर्नुहोस् ।
https://www.youtube.com/watch?v=2XMwrxmPfc4&t=184s
wwowowoo