संखुवासभा । जिल्लाको मकालु गाउँपालिकाबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ ।
आज (आइतबार) दिउँसो मकालु गाउँपालिका–२ सेदुवा घर भएकी १४ बर्षीय फुर्लामु शेर्पाको करिब साढे ३ बजे सुत्केरी ब्यथा लागेर गम्भीर अवस्था भएपछि नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक कुमारप्रसाद मैनालीले बताए ।
उनको अनुसार, मकालु स्वास्थ्य चौकी सेदुवामा सुत्केरी ब्यथा लागेर भर्ना भएकी शेर्पाले मृत बच्चा जन्माएको तर सालनाल ननिस्केको, गर्भवती महिलाको हात, खुट्टा, शरीर सुन्निएको र अत्यधिक रक्तस्राव पछि पाठेघर समेत फुटेको लक्षण देखा परि गम्भीर अवस्था भएपछि नेपाली सेनाको हेलिकप्टरद्धारा काठमाडौंस्थित थापाथली प्रसुती गृह पठाएको डिएसपी मैनालीको भनाइ छ ।