- मोहनकुमार राई/चैनपुर
संखुवासभा । जिल्लाको चैनपुर नगरपालिकास्थित संखुवासभा बहुमुखी क्याम्पसको खेल मैदानमा भएको राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताको उपाधी १७ स्वर्ण सहित शारदा मावि खराङले जितेको छ ।
चैनपुर नगरपालिकाद्धारा आयोजित अन्तरविद्यालय स्थानीय तह स्तरीयराष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवल, कबडडी, दौड, रिले, हाइजम्प, लम्जम्प, ट्रिपलजम्प, ज्याब्लिङ, सटफुट र तेक्वान्दो लगायतको विभिन्न खेलविधामा १७ स्वर्ण सहित शारदा मावि खराङ प्रथम भएको हो ।
प्रतियोगितामा शारदा मावि पोखरी ७ स्वर्ण सहित द्धितिय, सरस्वती मावि मैदाने ३ स्वर्ण सहित तृतीय र शारदा मावि त्रिशुले २ स्वर्ण सहित सान्त्वना भएको चैनपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले जानकारी दिए ।
प्रतियोगितामा नगरभित्रका ११ वटा माध्यमिक विद्यालयहरु सहभागी रहेको थियो । हरेक वर्ष पौष महिनामा सञ्चालन गरिने उक्त प्रतियोगिता यो वर्ष चैत्र २१ गतेदेखि २३ गते सम्म सञ्चालन भएको थियो ।
प्रतियोगितामा भलिबल छात्र तर्फ प्रथम शारदा मावि पोखरी, द्धितिय सरस्वती मावि चैनपुर, तृतीय सिंहदेवी मावि नुनढाकी भएको खेल शिक्षक मोहनकुमार खत्रीले जानकारी दिए । उनको अनुसार, १ सय मिटर दौड छात्र तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितिय, शारदा मावि पोखरी तृतीय भएको थियो । यसैगरी उक्त दौड प्रतियोगिताको छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि पोखरी द्धितिय, शारदा मावि त्रिशुले तृतीय भएको थियो । यसैगरी २ सय मिटर दौडको छात्र तर्फ प्रथम शारदा मावि त्रिशुले, दोस्रो शारदा मावि पोखरी, तृतीय शारदा मावि खराङ भएको थियो ।
यसैगरी उक्त दौड प्रतियोगिताको छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि. पोखरी द्धितीय, शारदा मावि त्रिशुले तृतीय स्थान हासिल गरेको थियो । यसैगरी ४ सय मिटर दौडको छात्र तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितिय, शारदा मावि पोखरी तृतीय भएको थियो । यसैगरी उक्त दौड प्रतियोगिताको छात्रा तर्फ शारदा मावि खराङ प्रथम, सरस्वती मावि. हिटिटोल चैनपुर दोस्रो, शारदा मावि पोखरी तृतीय भएको थियो ।
यसैगरी ८ सय मिटर दौड प्रतियोगितको छात्र तर्फ प्रथम सरस्वती मावि मैदाने प्रथम, शारदा मावि त्रिशुले द्धितीय, शारदा मावि खराङ तृतीय भएको थियो । यसैगरी उक्त दौड प्रतियोगिताको छात्रा तर्फ शारदा मावि पोखरी प्रथम, शारदा मावि खराङ द्धितीय, सरस्वती मावि हिटिटोल तृतीय भएको थियो । यसैगरी १५ सय मिटर दौड प्रतियोगिता अन्तर्गत शारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितिय, भगवती मावि चित्लाङ तृतीय भएको थियो ।
उक्त खेलको छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितिय, सरस्वती मावि चैनपुर तृतीय भएको थियो । ३ हजार मिटर दौड प्रतियोगिताको छात्र तर्फ शारदा मावि त्रिशुले प्रथम, शारदा मावि खराङ द्धितिय, शारदा मावि पोखरी तृतीय भएका थिए भने छात्रा तर्फ शारदा मावि पोखरी प्रथम, शारदा मावि त्रिशुले द्धितिय, सरस्वती मावि चैनपुर तृतीय भएका थिए । यसैगरी हाइजम्प तर्फ शारदा मावि खराङ प्रथम, सरस्वती मावि मैदाने दोस्रो, शारदा मावि त्रिशुले तृतीय भएको थियो भने छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि त्रिशुले द्धितिय, सरस्वती मावि मैदाने तृतीय भएको थियो ।
यसैगरी लम्जम्प छात्र तर्फ शारदा मावि खराङ प्रथम, शादा मावि पोखरी द्धितिय, सरस्वती मावि मैदाने तृतीय साथै छात्रा तर्फ शारदा मावि खराङ प्रथम, शारदा मावि पोखरी द्धितीय, शारदा मावि त्रिशुले तृतीय भएका थिए । ट्रिपलजम्प छात्र तर्फ शारदा मावि खराङ प्रथम, सरस्वती मावि मैदानै द्धितिय, शारदा मावि पोखरी तृतीय र छात्रा तर्फ शारदा मावि पोखरी प्रथम, बाणीविलाश मावि लोहाकोट द्धितिय, शारदा मावि खराङ तृतीय भएका थिए ।
ज्यामलिङ थ्रो छात्र तर्फ सरस्वती मावि मैदाने प्रथम, शारदा मावि त्रिशुले दोस्रो, शादा मावि पोखरी तृतीय साथै छात्रा तर्फ शारदा मावि खराङ प्रथम, बाणीविलाश मावि लोहाकोट दोस्रो, सरस्वती मावि मैदाने तृतीय भएको थियो । सटफुट छात्र तर्फ शारदा मावि पोखरी प्रथम, शारदा मावि खराङ द्धितिय, सरस्वती मावि मैदाने तृतीय र छात्रा तर्फ शारदा मावि पोखरी प्रथम, वाणीविलाश मावि लोहाकोट द्धितिय, शारदा मावि खराङ तृतीय भएका थिए । यसैगरी तेक्वान्दो प्रतियोगितामा सरस्वती मावि हिटिटोल प्रथम, सरस्वती मावि चैनपुर द्धितिय र मकालु अरुण इङलिस बोर्डिङ स्कुल तृतीय भएका थिए ।
चैनपुर नगर खेलकुद विकास समिति अध्यक्ष फूर्वा शेर्पाको अध्यक्षमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि चैनपुर नगरपालिका नगर प्रमुख, उप प्रमुख एलिना श्रेष्ठ, जिल्ला एथ्लेटिक्स संघका नारायण श्रेष्ठ, विभिन्न विद्यालयका खेल शिक्षकहरु, राजनैतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।