मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

#ब्याडमिन्टन
ओमशान्ति कप ब्याडमिन्टन प्रतियोगितामा तीर्थ र देवको जोडी प्रथम

Sankhuwasabhapress 612+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

संखुवासभा । मिलानो ब्याडमिन्टन क्लव ओमशान्ति टोलको आयोजनामा श्रीकृष्ण जन्मअष्टमीको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा आयोजित ओमशान्ति कप ब्याडमिण्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । 

जिल्ला भित्रका १६ जोडीको सहभागिता रहेको उक्त प्रतियोगितामा तीर्थ अधिकारी र देव श्रेष्ठको जोडीले प्रथम स्थान हासिल गरेको छ भने राजकुमार श्रेष्ठ र नवराज राई (काजी) को जोडीले द्धितिय बने ।

ओमशान्ति टोल बिकास समतिका अध्यक्ष मित्रकुमार गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको प्रमुख अतिथि रहेका थिए । श्रावण ३१ देखि शुरु भएको सो प्रतियोगिता भाद्र १ गते शनिबार सम्पन्न भएको हो । प्रतियोगिताका प्रथम, द्धितिय र सेमिफाईनलिष्ट दुई टिमलाई शिल्ड मेडल र प्रमाणपत्रद्वारा संम्मान गरिएको थियो । 

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय संखुवासभामा रहेको ब्याडमिन्टन कोड निर्माणका लागि निर्माण समिति अध्यक्षका रुपमा महत्वपूर्ण भुमिका निर्वाह गरेका खाँदबारी—१ का मेनुका श्रेष्ठ, भेट्रान्स उमेर समुहबाट वडा नगर जिल्ला प्रदेश हुँदै राष्ट्रियस्तर सम्म उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीद्वय अमर बिष्ट र मोहन कटुवाललाई दोसल्ला सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।  

ओमशान्ति टोलका अभिभावक तथा ब्याडमिन्टन खेलाडी हिमालय पोखरेलले संचालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले पछिल्लो समय संखुवासभामा ब्याडमिन्टन खेलको बिकास तिब्र रुपले भइरहेको र यो खेलमार्फत संखुवासभामा राष्ट्रिय खेलाडीहरु समेत उत्पादन भइसकेकाले आगामी दिनमा ब्याडमिन्टन खेलले संखुवासभालाई राष्ट्रिय स्तरमा चिनाउन सक्ने संम्भावना रहेको धारणा राखेका थिए ।

उक्त प्रतियोगिता जिल्ला पशुसेवा बिज्ञ कार्यालयको ब्याडमिन्टन कोडमा सम्पन्न भएको खेल संयोजक जीवन राईले जानकारी दिए । 

तस्बिर—सुरेन शाक्य

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार