मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |
मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

सम्पादकीय :
समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश ।

Sankhuwasabhapress 612+ समाचार ( )
९ श्रावण २०८३, शुक्रबार

समय कति गतिशील छ । हिजो जस्तो लाग्छ संखुवासभा एक्सप्रेस पत्रिकाको प्रकाशन शुरु गरेको तर आज सातौं बर्ष सफलतापूर्वक सम्पन्न गरि आठौं बर्षमा प्रवेश गरेको छ । वि.सं. २०७६ साल देखि संखुवासभा एक्सप्रेस पत्रिकालाई हरेक विहिबार साप्ताहिक रुपमा प्रकाशन शुरु गरिएको हो । 

पत्रिकाको नाम के जुराउने बिषयमा निकै महिना सोच्नु परेको थियो । निकै नै सकस परेको थियो । आममानिसहरुको जनजिव्रोमा झुन्डिने र जिल्लाको नामसँग जोडिए राम्रो हुन्छ भन्ने मनभित्रबाट लागेको थियो । ‘क्याची’ नाम खोजी रहेको थिए । साथीसँगीहरुको सल्लाह सुझाव अनुसार अन्तिममा ‘संखुवासभा एक्सप्रेस’ नाम जुर्‍यो । साप्ताहिक रुपमा पत्रिका प्रकाशन गर्ने सोच बनाएपनि कुन बार प्रकाशन गर्ने भन्ने बिषयले निकै समय खाएपछि अन्तिममा ‘विहिबार’ जुरेको थियो । शुरुवात चरणमा पत्रिका प्रकाशन गर्न निकै दुःख भयो । हुन मैले यसअघि पनि अन्य पत्रिकामा बसेर प्रकाशन गर्ने जिम्मेवारी सम्हालेको हुदाँ नयाँ बिषय त भएन । तै पनि दिलोज्यान दिएर निरन्तर पत्रिका प्रकाशन गरिरहे नै रहे । आजसम्म निरन्तर रुपमा पत्रिका प्रकाशन गर्दै जाँदा कति छिटो सातौं बसन्त पूरा गरि आठौं बर्षमा प्रवेश गरिसकेछ । समय कति चाँडै बित्तो रहेछ । 

विभिन्न राष्ट्रियस्तरका छापा र विद्युत्तीय संचारमाध्यमहरुको रिर्पोटर भएर करिब २०६२/६२ देखि संखुवासभामा सक्रियतापूर्वक पत्रकारिता गरिरहेको थिए । त्यही माथि स्थानीय रुपमा एउटा पत्रिका संचालन गर्ने मनैदेखि चाहाना भयो र शुरुवात गरे । जसलाई आज पर्यान्त निरन्तरता दिईरहेको छु । आज ‘संखुवासभा एक्सप्रेस’ पत्रिका जिल्लाकै सबैको रोजाईमा रहेको लोकप्रिय साप्ताहिक हो भन्दा कुनै कुन्जुस्याई नहोला । छापा संचारमाध्यक संकटमा छ भनेर जान्दा जान्दै पनि शुरुवात गरेको हो—‘संखुवासभा एक्सप्रेस’ । सोही छापा माध्यमका समाचारहरु संचारभरका मानिसहरुले सजिलै पढ्न सकियोस् भनेर धधध।कबलपजगधबकबदजबउचभकक।अयm अनलाइन संस्करण पनि सँगसँगै रहेको छ । पत्रिका प्रकाशन पछि घर–घर, कार्यालयहरुमा वितरण हुन्छ भने सोही समाचार अनलाइन संस्करणमा समेत पढ्न सक्ने ब्यबस्थापन गरेका छौं ।

आज यो पत्रिका सातौं पूरा गरि आठौं बर्षमा प्रवेश गरेको गौरवमय क्षण र खुशी सबैमा साट्न चाहान्छु । “संखुवासभा एक्सप्रेस“ ले आफ्नो निरन्तर पत्रकारिता यात्रामा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै आठौं वर्षमा प्रवेश गरेको छ । पत्रिकाले आजसम्म निरन्तर रूपमा जनताको पक्षमा कलम चलाउँदै, सूचना प्रवाह र जनचेतनाका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ । पत्रिकाले विगत सात वर्षको अवधिमा विभिन्न सामाजिक, राजनीतिक, आर्थिक तथा स्थानीय मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । जनताको आवाज बुलन्द गर्न, तथ्यमा आधारित समाचार दिन र जिम्मेवार पत्रकारिता गर्न पत्रिका प्रतिबद्ध रहेको छ । ‘सत्य, तथ्य र निष्पक्ष’ पत्रकारिता हामी सबैको नारा हो । पत्रिकाले ‘विकास र परिवर्तनका लागि संचार’ भन्ने नारालाई आत्मसाथ गर्दै जनताको पक्षमा वकालत गर्दै आएको छ । हामीले पत्रकारिताको धर्म र आचारसंहिता बुझेका छौं, त्यसैले विधिविधान र आचारसंहिता बाहिर गएर पत्रकारिता गर्दैनौं—‘यो हाम्रो प्रतिबद्धता हो ।’

संखुवासभा एक्सप्रेस परिवारलाई आठौं वर्ष सम्म आईपुग्नका लागि विभिन्न ब्यक्तिब्यक्तित्वहरु, समाजसेवी, पाठक बर्गहरु, ग्राहक महानुभाव, विज्ञापनदाता, सरकारी तथा गैरसरकारी संघसंस्था र कार्यालय प्रमुख तथा शुभचिन्तकहरु सबै प्रति कृतज्ञ छु । र, आगामी दिनहरु पनि यहि साथ सहयोगको अपेक्षा राखेका छौैं ।

अन्त्यमा, आगामी दिनमा अझ सशक्त, वस्तुनिष्ठ र जनमुखी पत्रकारिताका साथ अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछु । जय नेपाली पत्रकारिता ।।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार