मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |
मुख्य समाचार
संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम |

सिडिओ विनोदकुमार खड्का :
संखुवासभामा सिडिओ भएर आएको तीन महिनामै काम देखियो

Sankhuwasabhapress 613+ समाचार ( )
२० माघ २०८१, आइतबार

संखुवासभा । संखुवासभाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोदकुमार खड्काले आएको तीन महिनामा नै महत्वपूर्ण पाँच वटा काम गरेर देखाएका छन् ।

गत कात्तिक १२ गते संखुवासभा जिल्ला प्रशासन कार्यालयमा संघीय सरकारका स्थायी प्रतिनिधीको रुपमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बोकेर आएका खड्काले काम गरेर देखाएका हुन् । उनले आउनेबित्तिकै जिल्लाका राजनैतिक दल, नागरिक समाज, उद्योगी ब्यापारी र पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरि संखुवासभाका समस्याका बारेमा सल्लाह सुझाव मागेका थिए । 

उक्त भेटघाटमा धेरै मानिसहरुले धेरै खालका सल्लाह सुझावहरु आफूलाई प्राप्त भएको र सोही सल्लाह सुझाव अनुसार महत्वपूर्ण र अतिआवश्यक कामहरुलाई टार्गेट गरि काम गरेको सिडिओ खड्काको भनाइ छ । धेरै वटा जिल्लामा सिडिओ बनेर काम गरिसकेका खड्का अहिले भने लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिव रहँदा सरुवा भई संखुवासभा आएका हुन् । जागीरे जीवनमा सरकारले जता जिम्मेवारी दिएर खटायो त्यतै जान आफुलाई कुनै अप्ठयारो नलाग्ने उनी बताउँछन् ।

नेपाल सरकारका सहसचिव खड्काले काम गर्ने क्रममा कसैसँग कम्प्रोमाइज नगर्ने बताउर्दै कसैको एक रुपैया नखाने र काम नगर्नेलाई माफी समेत नगर्ने स्पष्ट पारे । ‘सबैले आ-आफ्नो तह र जिम्मेवारी अनुसार काम गर्नुपर्छ । लोभलालच राखेर काम गर्नु हुदैन, मुलुकको विकास र समृद्धि होस् भन्ने उद्धेश्यले सकारात्मक सोचका साथ काम गर्न सबैमा अनुरोध गर्ने गरेको छु ।’-सिडिओ खड्काले भने ।

संखुवासभामा खड्का सिडियो बनेर आएपछि तीन महिनाको अवधीमा पाँच वटा महत्वपूर्ण कामहरु भएको छ । खाँदबारी-नुम ३९ किमि सडकखण्डको कालोपत्रे लगायतको कामको तीव्रता, खाँदबारी देखि मकालु सम्म तीन वटा स्थानीय सरकारले संकलन गर्ने गरेको पटके करको अन्त्य, अरुण तेस्रो प्रवेश मार्ग छयाङकुटी-दिदिङ्ग मुआब्जा वितरण शुरु, तुम्लिङटार-छयाङकुटी सडकको लगतकटटा प्रक्रिया अघि बढेको र खाँदबारी-७ भैरेडाँडाका ५५ घरपरिवारले घर निर्माण गरेको दुई लाख रुपैया बजेट निकासा भएको सिडिओ खड्काले बताए । त्यसैगरि संखुवासभा आएपछि लामो समयदेखि नेपाल र चीन बीच बैठक बस्न नसकिरहेको अवस्थामा गत मंसिर २८ र २९ गते चीनको दुई वटा प्रान्त डिग्री प्रान्त र देन्जी प्रान्तका प्रमुखहरुसँग केन्टाओ भन्ने ठाउँमा बैठक सम्पन्न भएको छ । संखुवासभाका लागि यो पनि अन्त्यै महत्वपूर्ण बैठक भएको खड्का बताउँछन् ।

किमाथांका नाकामा भन्सार कार्यालय स्थापनाको लागि पहल भईरहेको समेत सिडिओ खड्काको भनाइ छ । सिडिओको भूमिका समन्वयकारी भएको हुदाँ जिल्लामा भइरहेको विकास निर्माणका कामहरु सहजीकरण गरि परिणाम निकाल्ने हो । त्यसै अनुसार काम गरिरहेको उनको भनाइ छ । यहाँका राजनैतिक दल, नागरिक समाज, पत्रकार लगायत सबैको सहयोगका कारणले मात्रै परिणाम आउन सफल भएको प्रजिअ खड्का बताउँछन् । सबैले मिलेर काम गर्दा परिणाम निस्कन्छ, त्यसैले जनप्रतिनिधीहरुलाई अझ जिम्मेवार भएर काम गर्न अनुरोध गर्ने गरेको समेत उनी सुनाउँछन् । 


प्रतिक्रिया

मनोज कट्टेल २१ माघ २०८१, सोमबार

सर हजुरकॐ कार्यसफलताको शुभकामना! सर हाम्रो जिल्लाको विकास निर्माणकार्य एकदमै फितलो छ, सम्बन्धित निकायले ठिक समयमा निरिक्षण नगर्दा भ्रष्टचार एकदमै उच्च छ यसको पनि उचित मूल्यांकन गरि उपयुक्त विधि नियम संयोजन गर्न सकेमा हजुरको कार्यसफलता झनै उच्चस्तरीय हुनेछ।

Bhim Bahadur Kattel २० माघ २०८१, आइतबार

केही गरौं भन्ने उत्सुकता लिएर अघि बढ्ने प्र जि अ एक बौद्धिक ,अनुभवी र सकारात्मक सोचले ओतप्रोत भएको यूवाको रूपमा लिएको छु ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार