मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

जात्राको अवसरमा खाँदबारी नगरपालिकाद्धारा सार्वजनिक विदा

Sankhuwasabhapress 612+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

संखुवासभा । खाँदबारी नगरपालिकाले नेवारी समुदायको हिले/रोपाई जात्रा पर्वको अवसरमा आज (शुक्रबार) सार्वजनिक विदा दिएको छ ।

खाँदबारी नगरपालिकाले सुचना जारी गर्दै शुक्रबार खाँदबारी नगरपालिकाको कार्यालय, ११ वटै वडा कार्यालय र मातहत रहेका सम्पूर्ण विद्यालयहरुमा सार्वजनिक विदा दिइएको जनाएको हो । 

नेवारी समुदायको बाहुल्यता रहेको खाँदबारी बजार र आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेवाः समुदायको सम्मान, नगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षणको रुपमा रहेको हिले/रोपाई जात्रा पर्व अवसरमा सार्वजनिक विदा दिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले जानकारी दिए ।

जात्राको अवसरमा शुक्रबार एकदिन खाँदबारी नगरपालिका र मातहतका कार्यालयहरुको सम्पूर्ण सेवा प्रवाह बन्द रहने गरि सार्वजनिक विदा दिइएको र सबैतिर सुचना प्रवाह गरिएको नगरपालिकाको भनाइ छ । 

संखुवासभाको नेवार समुदायको वसोवास रहेको मुख्यबस्तीहरु सदरमुकाम खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रविसे, मानेभञ्जाङ्ग, तुम्लिङ्टार लगायतका क्षेत्रहरुमा बर्सेनि भब्य रुपमा जात्रा पर्व मनाउने गरिन्छ । नागपञ्चमी देखि शुरु हुने जात्रा पर्व कृष्णाजन्माष्टमी पछि अन्त्य हुने गर्दछ । जात्रा पर्व हेर्न गाउँ–गाउँबाट खाँदबारीमा मानिसहरुको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार