मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

पाँचै वर्ष प्रधानमन्त्रीबाट हट्नुपर्दैन जस्तो देख्दैछु - प्रचण्ड

Sankhuwasabhapress 612+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पाँच वर्ष नै सत्ताबाट हट्नु नपर्ने अवस्था बन्दै गएको बताएका छन्। 

काठमाडौंको चन्द्रागिरिमा शनिबार आयोजित पार्टीको विशेष रुपान्तरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले आफूले अहिले गरिरहेको कामका कारण त्यस्तो परिस्थिति बन्दै गएको बताए। 

‘३२ सिटको नेता भएकाले प्रधानमन्त्री बन्दै गर्दा कति दिन रहने हो भन्ने थियो। १५ दिन, एक महिना, २ महिना जति दिन रहन्छु राष्ट्र र जनताको पक्षमा इमानदार भएर काम गर्नेछु र मलाइ जसले हटाउनेछन् तिनका विरुद्ध जनताको बीचमा गएर आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गरेको थिएँ’ प्रचण्डले भने, ‘तर अहिले आठ महिना हुँदैछ म त हट्न परेको छैन । मलाई लाग्छ सायद पाँचै वर्ष हट्न पर्दैनजस्तो देख्दैछु मैले । जनताको साथ समर्थन प्राप्त हुँदै गयो भने हाम्रो गठबन्धन पाँचै वर्ष चल्छ।’  उनले संख्याको बलमा आफू प्रधानमन्त्री नभएको पनि बताए। 

‘संसदमा सिट संख्याको बलमा म प्रधानमन्त्री भएको होइन । ३२ सिटले प्रधानमन्त्री हुने तागत राख्दैन। ८० र ९० सिट भएकाहरूको अगाडि सजिलो कुरा त होइन ।’ उनले भने, ‘इतिहासको तागत, हाम्रा सहीद, बेपत्ता योद्धाहरूको तागत र हाम्रो पार्टीको राजनीतिक एजेन्डाको तागतले देशको नेतृत्व गर्ने अवसर प्राप्त भयो ।’ 

सरकारको सुशासन अभियानले प्रतिक्रियावादीहरु अत्तालिएको उनले टिप्पणी गरे। ‘एकथरी मान्छेहरू अहिले यो सरकार र गठबन्धनसँग अत्तालिएका छन्, विक्षिप्त भएका छन् । महान अभियानले गर्दा माओवादी फेरि ६४ तिर फर्किने भयो भन्ने आतंक छ।’ उनले भने, त्यसकारण अनेक षडयन्त्र गर्दैछन् । देश र राज्यलाई शुद्धीकरण गर्ने यो महान अभियानको सुरुवात हो रोकिनेवाला छैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार