मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

मकालु गाउँपालिका :
मकालु गाउँपालिकामा शिक्षक प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम

Sankhuwasabhapress 612+ समाचार ( )
२६ जेठ २०८१, शनिबार
  • नविनकला जैरु 

मकालु (नुम) । जिल्लाको मकालु गाउँपालिकामा शिक्षक प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

मकालु गाउँपालिका शिक्षा शाखाको आयोजनामा जेठ २० गते देखि जेठ २२ गते सम्म मकालु गाउँपालिका–५ सिहेश्वारी माध्यमिक विद्यालय नुममा संचालन भएको हो ।

शिक्षक प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत वडा स्तरीय भलिबल खेल प्रतियोगिता, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता र नृत्य प्रतियोगिता कार्यक्रम संचालन भएको थियो । जसमा भलिबल खेल तर्फ मकालु–२ सेदुवाको टिमले प्रथम स्थान हासिल गरेसंगै नगद १५ हजार, मेडल तथा प्रमाण पत्र प्राप्त  गरेको छ भने मकालु–१ ले  द्धितिय स्थान हासिल गरेसँगै नगद १० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।  त्यस्तैगरी तृतीय स्थान मकालु–५ ले हात पारेसँगै नगद ७ हजार, मेडल तथा प्रमाणपत्र गरेको छ भने मकालु–४ सान्त्वना स्थानमा चित्त बुझाएको थियो ।

उक्त सम्मान कार्यक्रम अन्तर्गत तीन जना  विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा राजारानी आधारभूत विद्यालय मकालु–३ गढि कक्षा–८ मा अध्ययनरत राजेश याम्फु राई रहेका छन् । उनी २०८० सालमा कक्षा ८ को बार्षिक परिक्षामा विद्यालय तथा मकालु गाउँपालिका प्रथम भएका थिए । त्यसैगरी अरुण भ्याली बोर्डिङ स्कुलका  मनकुमारी तामाङ र मविसम तामाङ  पनि सम्मानित भएका थिए । उनीहरु पालिका द्धितिय र तृतीय भएका थिए ।

शिक्षक प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्धेश्यले संचालन गरिएको मकालु गाउँपालिका शिक्षा शाखा अधिकृत नवराज ढुंगानाले बताए । मकालु गाउँपालिकामा सामुदायिक तथा निजि विद्यालय गरि जम्मा ४५ वटा विद्यालय रहेको छ भने पालिकाभित्र शिक्षक २ सय ५८ रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार