मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

सिलीचोङ गाउँपालिका :
सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक

Sankhuwasabhapress 612+ समाचार ( )
१२ असार २०८३, बिहीबार

संखुवासभा । संखुवासभाको सिलीचोङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ ।

बुधबार सिलीचोङ गाउँपालिकाले ४८ करोड ६९ लाख ९१ हजार ४१ रुपैयाको बजेट सार्वजनिक गरेको हो । सिलीचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले बुधबार आगामी आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सभामा पेश गरेको हो । अध्यक्ष मेवाहाङले पेश गरेको नीति कार्यक्रम माथि छलफल भइरहेको छ । 

उक्त सिलीचोङ गाउँपालिकाको १९ औं गाउँसभामा उपाध्यक्ष देविता कुलुङले आगामी आर्थिक बर्षका लागि बिनियोजन गरेको बजेट सार्वजनिक गरेको हो । संघीय सरकार र प्रदेश सरकारबाट वित्तिय हस्तान्तरण भएका शसर्त, समपुरक र विशेष अनुदान गरि २३ करोड २५ लाख रुपैया रहेको छ भने सिलीचोङ गाउँपालिकाको आन्तरिक स्रोत बित्तिय समानिकरण, राजश्व बाँडफाँड, आन्तरिक अल्या र आन्तरिक राजश्व गरि २५ करोड ४४ लाख रुपैया गरि कुल ४८ करोड ६९ लाख ९१ हजार ४१ रुपैयाको बजेट सार्वजनिक गरेको हो ।

सिलीचोङ गाउँपालिकाले भौतिक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । समृद्ध सिलीचोङ बनाउने अभियानमा आफूहरु निर्वाचीत भएर आएदेखि नै लागिपरेको र विभिन्न ठूला योजनाहरु संघ र प्रदेश सरकारको समन्वयमा अघि बढेको सिलीचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले बताए । 

१० असारमा स्थानीय तहले अनिवार्य नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गर्नुपर्ने सवैधानिक नियमअनुसार संखुवासभाको १० वटै स्थानीय तहले नीति कार्यक्रम सहित बजेट सार्वजनिक गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार