मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

मानवअधिकार तथा शान्ति समाज :
सामाजिक संजाल विद्येयकको विरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Sankhuwasabhapress 612+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

संखुवासभा । मानवअधिकार तथा शान्ति समाज संखुवासभाले सामाजिक संजाल विधेयकको विरोध गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार संखुवासभाको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । शान्ति समाजले सामाजिक संजालको विद्येयक विरुद्धमा सांकेतिक विरोध सहित ज्ञापनपत्र बुझाएका हुन् । 

वर्तमान सरकारले गत माघ १३ गते राष्ट्रिय सभामा पेश भएको सामाजिक संजालको संचालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धी बनेको विद्येयकमा संविधान प्रदत्त मौलिक हक, प्रेस र अभिब्यक्ति स्वतन्त्रताको मर्म विपरित दुरुपयोग हुन सक्ने खालको भएको भन्र्दै मानवअधिकार तथा शान्ति समाज संखुवासभाले विरोध जनाएका हुन् । समाजका अध्यक्ष लोकदर्शन शाक्यले ज्ञापनपत्र बुझाउर्दै मौलिक हक र मानवअधिकार मैत्री बनाउन सरकारसँग आग्रह गरे । उनले अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानवअधिकार भएको बताउर्दै घृणात्मक अभिव्यक्ति अपराध भएको बताए । 

विद्येयकका धेरै दफा र उपदफाहरुमा अभिव्यक्ति स्वतन्त्रतालाई अकुंस लगाउन खालका भएकाले विज्ञ र सरोकारवालाहरुसँग छलफल र परामर्श पछि मात्रै अघि बढाउन आग्रह गरिएको अध्यक्ष शाक्यको भनाइ छ । 

प्रस्तावित विधेयकको विवादास्पद प्रावधानहरू माथि सार्वजनिक ध्यानाकर्षण गराउने लक्ष्य मानवअधिकार तथा शान्ति समाजले राखेको जनाएको छ । प्रजिअ खड्काले ज्ञापनपत्र बुझर्दै छिटो माध्यमबाट गृह मन्त्रालयमा पठाउने बताए ।

उक्त ज्ञापनपत्र बुझाउन शान्ति समाजका केन्द्रीय सदस्य कौशिल्य खनाल, जिल्लाका पदाधिकारीहरु र पत्रकार महासंघका सचिव नवीन गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार