मुख्य समाचार
संघीय कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने | सेकाहामा एक घरमा आगोलागि (भिडियो सहित) | धनकुटामा खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ | ग्यासको अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारबाही हुने | शैक्षिक क्षेत्रमा योगदान पुर्याएका भोटखोलाका दुई शिक्षासेवी सम्मानित | संखुवासभामा बैकिङ कसुर मुद्धाका फरार एक ब्यक्ति पक्राउ | संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग |

#खाँदबारी नगरपालिका
खाँदबारी नगरपालिकाको बजेट ६७ करोड ४५ लाख ७६ हजार (भिडियो सहित)

Sankhuwasabhapress 618+ समाचार ( )
१२ असार २०८१, मङ्गलबार

संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी नगरपालिकाले ६७ करोड ४५ लाख ७६ हजार रुपैयाको बजेट बिनियोजन गरेको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहहरूले १० असारसम्ममा आगामी आवका लागि बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सोमबार खाँदबारी नगरपालिकाको १६ औं नगरसभा बैठक मार्फत उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले उक्त बजेट विनियोजन गरेकी हुन् ।

उक्त नगरसभामा आगामी आर्थिक बर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले प्रस्तुत गरेका थिए । सो नीति तथा कार्यक्रम सभाले पास गरेको थियो । खाँदबारी नगरपालिकामा संघ र प्रदेशबाट आएको बजेटको बारेमा समेत नगर प्रमुख थपलियाले सभालाई जानकारी गराएका थिए । खाँदबारी नगरपालिकाको विभिन्न क्षेत्रमा बजेट भित्राउने आफू निकै लागि परेको र सोही अनुसार बजेट प्राप्त भएको सभालाई जानकारी दिए । 

खाँदबारी नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पास भएपछि नगर उपप्रमुख बज्राचार्यले खाँदबारी नगरपालिकाको कुल आय ब्याय तथा बिषयगत क्षेत्रमा बिनियोजन गरिएको बजेट सार्वजनिक गरेकी थिइन । सो सभाले नगरभित्रका ११ वटै वडालाई ५० लाख रुपैया, पूर्वाधार, सामाजिक, सुशासन र शिक्षा लगायतका बिषयगत समितिलाई एक करोड २७ लाख, समपुरक कोष तर्फ एक करोड ९३ लाख, नगरको प्रशासनिक भवन निर्माण गर्न ३ करोड, भौतिक पूर्वाधार कार्यक्तममा ५ करोड ९३ लाख बिनियोजन गरेको छ । त्यसैगरि नगरको आम्दानी तर्फ राजश्व बाँडफाँडबाट ८० लाख, गिटी बालुवाबाट २० लाख, आन्तरिक कर संकलनबाट दुई करोड ५० लाख, संघीय सरकारबाट सशर्त अनुदान ३५ करोड १५ लाख, संघीय बित्तिय समानिकरण १६ करोड ३३ लाख, प्रदेश बित्तिय समानिकरणबाट एक करोड ६ लाख र प्रदेश राजश्व बाँडफाँडबाट १० करोड ४४ लाख रुपैया आएको जानकारी दिइन् ।  

समृद्ध खाँदबारी नगर बनाउन खाँदबारी नगरपालिका लागि परिरहेको बताउदै खाँदबारी गौरवका थुप्रै योजनाहरु अगाडी सारेका छन् । पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ । 

भिडियो....

https://www.youtube.com/watch?v=7r9Sl0zWWG0&t=214s

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार