मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

सिलिचोङ :
यातायात व्यवसायी र सेवीग्राहीको समस्या सम्बोधन गर्न सिलिचोङद्वारा कार्यदल गठन

Sankhuwasabhapress 612+ समाचार ( )
२२ पौष २०८०, आइतबार

संखुवासभा (ताम्कु) । संखुवासभाको सिलीचोङ गाउँपालिकाले यातायातसम्बन्धी समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । 

आज आइतबार बसेको सरोकारवालाहरुको भेलाबाट कार्यदल गठन गरिएको हो । सवारी भाडादर धेरै भएको जनगुनासोका आधारमा गाउँपालिकाले अन्तरकृया कार्यक्रम आयोजना गरेको थियो । मालवहाक तथा यात्रुवहाक सवारी साधनको भाडादर कायम गर्न संयोगान्त कुलुङको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलले उपयुक्त भाडाका बिषयमा १५ दिनभित्रमा प्रतिवेदन गाउँपालिकामा बुझाउने जिम्मेवारी पाएको छ । 

समितिमा जितेन राई, कृष्ण कार्की, खेमराज मेवाहाङ, उमेश चाम्लिङ, अरुण संगम कुलुङ, देवीकुमारी राई र खेवाहाङ मेवाहाङ सदस्य रहनेगरी कार्यदल गठन भएको हो । कार्यदलको सदस्यसचिव रमेश चाम्लिङ रहेका छन । 

गएको विहिबार मानेभञ्ज्याङ–हेलुवाबेंशी सडकखण्डको भाडादर धेरै भएको भन्दै स्थानीयहरुले संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई ध्यानकर्षणपत्र बुझाएको थियो । मानेभञ्ज्याङ–हेलुवाबेंशी २१ किमि सडकको भाडादर ५ सय रुपैया धेरै भएको भन्र्दै ३५० रुपैया हुनपर्ने स्थानीयको माग छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार