मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

३१ औं अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस :
खाँदबारीमा प्रेस स्वतन्त्रता दिवश मनाईयो

Sankhuwasabhapress 612+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

संखुवासभा । मानव अधिकार तथा शान्ति समाज नेपालको आयोजनामा शुक्रबार संखुवासभाको खाँदबारीमा ३१ औं अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाईएको छ ।

मानव अधिकार तथा शान्ति समाज नेपालको संखुवासभा जिल्ला अध्यक्ष लोकदर्शन शाक्यले प्रेस स्वतन्त्रता बिना लोकतन्त्रको कल्पना गर्न नसकिने धारणा राख्दै संञ्चार बिहिन समााजको कल्पना गर्नै नसकिने बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका उपाध्यक्ष कृष्णराज शाक्यले प्रेस सँधै निश्पक्ष र स्वतन्त्र हुनुपर्ने बताए । अरुलाई खबरदारी गर्नुपर्ने भएकाले प्रेस जगत पहिले आफैं जिम्मेवार र बिश्वासनिय हुन आवश्यक रहेको उनको धारणा थियो ।

सुशासन, मानव अधिकारको संरक्षण र अहिले समाजमा बढिरहेको भ्रष्टाचार, बिकृति बिसंगतिको अन्त्यका लागि प्रेस जगतको भुमिका महत्वपुर्ण रहने उपाध्यक्ष शाक्यको भनाइ थियो ।

कार्यक्रममा समापन मन्तब्यका क्रममा मानव अधिकार तथा शान्तिसमाजका केन्द्रीय सदस्य निर्मला गुरुङले सुचना प्रवाहमा खटिएका संञ्चारकर्मिहरु समाज र समुदायको महत्वपुर्ण हिस्सा भएकाले प्रेसजगतको सशक्तिकरण र पेशागत शुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने धारणा राखेकी थिईन् ।

सन् १९९३ मा युनेस्कोको आयोजनामा भएको भेलामा स्वतन्त्र एवं बहुलवादी प्रेसका प्रतिनिधिहरुले अफ्रिकन मुलुक नामिबियाको विन्डहकमा विन्डहक घोषणापत्र’ जारी गरेको थिए । उक्त दिनको सम्झनामा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवस घोषणा गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार