मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

तीजको खर्च कटाएर खाँदबारी नगरपालिकाद्धारा अस्पताललाई झुल र फलफुल वितरण

Sankhuwasabhapress 612+ समाचार ( )
२९ भाद्र २०८०, शुक्रबार

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिकाले हिन्दुहरुको महान पर्व तीजको खर्च कटाएर जिल्ला अस्पताल संखुवासभालाई झुल र फलफुल वितरण गरेको छ ।

शुक्रबार एक कार्यक्रम बीच खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले संयुक्त रुपमा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य र निमित्त मेडीकल सुपरीटेन्डेण्ड डा. प्रनाम जयरुलाई हस्तान्तरण गरेका थिए । 

खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले तीज पर्वको नाममा खाएर बजेट सकाउनु भन्दा पनि जिल्लामा डेंगीको महामारी बढिरहेको समयमा केही सहयोग गरौं भनेर ५० थान झुल र फलफुल वितरण गरिएको बताईन् । 

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले नगरपालिकाले निकै राम्रो काम गरेको भन्र्दै धन्यवाद दिए । उनले डेंगीको महामारी बढिरहेको बेला नगरपालिकाले झुल वितरण गरेर उदाहरणीय काम गरेको बताए । 

डेंगी, स्क्रबटाइपस, भाइरल ज्वरो लगायतका कारण जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । ५० बेडको अस्पताल भएपनि नयाँ भवन निर्माण सम्पन्न नहुदाँ पुरानै भवनमा बस्न बाध्य रहेको छ । 

उक्त कार्यक्रमका खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया, उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्की, सामाजिक विकास अधिकृत खेमराज निरौला, शिक्षा शाखा प्रमुख दिपकमणी घिमिरे, महिला विकास शाखा प्रमुख शारदा नेपाल, प्रशासकीय अधिकृत दिनेश कट्टेल, लेखा अधिकृत रुद्रमणी श्रेष्ठ, अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्य, निमित्त मेडीकल सुपरीटेन्डेण्ड डा. प्रनाम जयरु, स्वास्थ्य कार्यालयका प्रमुख नारदमुनी सुवेदी, जनस्वास्थ्य अधिकृत पशुपति खनाल, रेडक्रस सभापति सरोजकुमार बज्राचार्य, खाँदबारी नगरपालिकाका कार्यपालिका र वडासदस्यहरु, पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी लगायत पत्रकारहरु र सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार