मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

#बाढीको जोखिम
देशको पूर्वी र मध्य क्षेत्रमा पानी पर्दै, कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम

Sankhuwasabhapress 612+ समाचार ( )
२८ असार २०८१, बिहीबार

काठमाण्डौ । देशको पूर्वी क्षेत्रमा न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालतर्फ अघि बढेसँगै पूर्वी र मध्य नेपालमा पानी परिरहेको छ ।

पछिल्लो ३ घण्टामा कोशी प्रदेशको सङ्खुवासभा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा लगायत मधेश, बाग्मती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा पानी परिरहेको छ । सर्लाही, बारालगायतका जिल्लामा अत्यधिक वर्षा भएको छ।

वर्षासँगै कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ र कास्कीका नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ ।

यस्तै स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची र आसपासका जिल्ला भई बहने धेरैजसो स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ । यसका साथै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने धेरैजसो स–साना नदीहरूको बहाव बढ्ने तथा केही स–साना नदीहरूमा आकस्मिक बाढी हुन सक्ने पूर्वानुमान रहेको छ ।

यसैबीच वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरीले विभिन्न राजमार्गमा अवरोध भइरहेको भन्दै सडकको अवस्था बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार