#कोशी सडक :
खाँदबारी–तुम्लिङटार कोशी राजमार्ग सडक खण्डमा दुई वटा भ्यान ठोकिँदा १२ जना घाइते

Sankhuwasabhapress 621+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

संखुवासभा । जिल्लाको खाँदबारी–तुम्लिङटार कोशी राजमार्ग सडक खण्डमा दुई वटा भ्यान ठोकिँदा १२ जना घाइते भएका छन् ।

सोमबार दिउँसो पौने ३ बजेतिर खाँदबारी नगरपालिका–९ को कार्की टोलमा दुई वटा भ्यान ठोकिँदा चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । घाइतेहरूको उपचार भइरहेको छ ।

एउटा भ्यानका चालक मकालु गाउँपालिका–५ का ४५ वर्षीय लाक्पा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । अर्को भ्यानका चालक भोजपुर षडानन्द नगरपालिका–८ का रितेश श्रेष्ठ घाइते भएकोमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार