मुख्य समाचार
संखुवासभामा फरार पाँच जना प्रतिवादीहरु पक्राउ | समयचक्रसँगै ‘संखुवासभा एक्सप्रेस साप्ताहिक’ आठौं बर्षमा प्रवेश । | संखुवासभाको मादीमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या | चैनपुर नगरपालिकामा बेतिथी र अनियमितता भएको भन्दै नागरिक समाजद्धारा छानविनको माग | जीर्ण कुलो मर्मतपछि खाँदबारी–४ का स्थानीयहरु खुशी | सिलीचोङ गाउँपालिकाद्धारा ४८ करोड ६९ लाख रुपैयाको नीति कार्यक्रम सहित बजेट सार्वजनिक | योगमायालाई नै गिज्याउने बन्दै छ, योगमाया हिमालयन आयुर्वेद विश्व विद्यालय | खाँदबारी ७ नम्बर वडाको १० औँ वडा भेला सम्पन्न | खाँदबारी–११ मा दुई दिने क्षमता विकास तालिम | मकालु उवामा पुस्तकालय स्थापना |

खाँदबारी नगरपालिका–४ :
आठौं पांमा कप फुटबल मंसिर २७ देखि हुने

Sankhuwasabhapress 612+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

संखुवासभा । जिल्लाका खाँदबारी नगरपालिका–४ पांमा स्थित भगीवन्त रंगशालामा आगामी मंसिर २७ देखि आठौं पांमा कप पुरुष फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

विहिबार खाँदबारीमा पत्रकार सम्मेलन गरि आयोजक लोहोरुङ क्लबले प्रतियोगिता बारे जानकारी दिएको हो । ‘स्वास्थ्यको लागि खेलकुद : राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किराँतहरुको मौलिक पर्व साकेला उधौली तथा धान्यपूर्णिामाको अवसरमा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

खेलकुदको विकाससँगै किराँत समुदायको संस्कृतिको उत्थान एवम प्रवद्र्धन गर्ने उद्धेश्यले निरन्तर रुपमा फुटबल प्रतियोगिताको आयोजना गरिएको लोहोरुङ क्लबका अध्यक्ष प्रभुराम राईले बताए ।   

उक्त प्रतियोगितामा कोशी प्रदेशभित्रका १० वटा नाम चलेका क्लबहरुले सहभागीता जनाउने भएका छन् । जसमा आयोजक लोहोरुङ क्लब, एडभान्स क्लब, खाँदबारी युथ क्लब, तुम्लिङटार स्पोर्टिङ क्लब,  तिनपोखरी समाज क्लब, सेकाहा क्लब, सभापोखरी फुटबल क्लब, मकालु फ्रेण्ड्स, सितलपाटी फुटबल क्लब र आदर्श युथ क्लब झापा रहेको छ । 

प्रतियोगिताका विजेताले नगद २ लाख २ हजार २ सय २२ रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ भने उपबिजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाईनलिष्ट दुई टिमले नगद २५÷२५ हजार रुपैया प्राप्त गर्नेछ ।

आगामी मंसिर २७ देखि संचालन हुने प्रतियोगिता पुस १ गते स्थानीय ढाडेबजारको दिन समापन हुने जनाइएको छ । प्रतियोगितामा कुल १२ लाख ३७ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार