दिने हो सेवा, चाहिन्न मेवा, बिपन्न जनमा
कर्तब्य हाम्रो समाजलाई, सन्तुष्टि मनमा
विश्वका मानव, हटाउने दानव, सत्कर्म गर्नलाई
बिकृति हटाउ चाहना घटाउ, सन्तुष्टि भर्नलाई ।।
समाजको सेवा, दुःखीलाई टेवा, सकेको गर्ने हो
थुपारी धन, अतृप्त मन, नियन्त्रण गर्ने हो
मानिस जाती, निरीह माथि नगर शासन
सकेको गर तिमीले दान गरीबलाई राशन ।।
नझुकाई सान, अरुको मान, हामीले गर्ने हो
विपत्ति पर्दा, उद्वार गर्दा, सेवाले भर्ने हो
एकै हो हामी, काम गर्ने नामी संसार हाम्रै हो
निरीहजन यो स्वच्छ मन, सघाउनु राम्रै हो ।।
विभाजन छैन, जातजाती हैन, सकेको गर्ने हो
विपन्न जन, उत्साही मन, खुसीले भर्ने हो
मानिस जाती, अशक्तमाथी, मलम लगाउ
ओठमा हाँसो, गरिवी पासो, सदालाई हटाउ ।।
सक्नेले गर्ने, खुसीले भर्ने, यहि नै सेवा हो
मेटिन्न कहिले, रहन्छ जहिले, त्यै निजी पेवा हो
भोक र रोग, यी अनेक थोक, थोपरी आएको
यो सृष्टिचक्र, नबन बक्र, होइन चाहेको ।।
मित्रता गाँस्न, रोग–व्याध नास्न, कम्मर कसेको
समाजको सेवा यो सानो टेवा, दिएर बसेको
करकाप हैन, छलछाम छैन, इच्छाले आएको
मुहार फेर्न, सम्मृद्धि भर्न, रौनक छाएको ।।
लाइन हाम्रो, एकै हो साथी, अगाडी वढ्दछ
गन्तव्य हाम्रो नभेटेसम्म, नखुट्टा काम्दछ
त्यसैले आउ, कुबाटो नजाउ, खुसी छ यसैमा
आनन्द खोज्ने, यै बाटो रोज्ने, छ आफ्नै बसमा ।।
सेवाही परमोधर्म , सन्तोषम् परमं सुखम् भन्ने भावले प्रेरित सुन्दर झ्याउरे कविता !
शुन्दर हजुर।
सुन्दर, समय साक्षेप।
समय सन्दर्भ ,समय सापेक्ष ,देशकाे गरिबी ,नेपालका बास्तबिक जनताकाे भावनामा अभिप्रेरित कबिताका लाेभलाग्दाहरुलाई ब्यबहारमा उतार्न पाए याे देशहरुले बासगरेकाे धनी देश अबस्य बन्ने थियाे ।याे कबिताकाे मर्म र भावनालाई स्राेत शक्तिका रुपमा ग्रहण गर्ने हाे भने हामी सबै नेपालीहरुमा स्वर्गरुपि अाफ्नाे देशमा रमेर बाँच्ने थियाैं । अादरणिय कबिबरलाई हार्दिक बधाई छ ।
Thanks for the publicity of my poem.