मुख्य समाचार
गायक अपन श्रेष्ठले ल्याए नयाँ गीत ‘के सारो सुरो मान्छे’ | असल शासन | कृष्ण माविमा स्काउटको अन्नपूर्ण तहको दिक्षान्त क्याम्प सम्पन्न | सेकाहा क्लब तीनपोखरी फुटबल कपको फाइनलमा प्रवेश | सिंहेश्वरी आधारभूत विद्यालयको ४८ औँ वार्षिक उत्सव सम्पन्न | संखुवासभा एमालेमा पार्टीको निर्णय विपरित भ्रम छर्नेलाई कारबाही गरिन पर्ने माग | विशेष महाधिबेसनको माग गर्दै संखुवासभाका ८ वटा संस्थाद्धारा केन्द्रमा ध्यानाकर्षण पत्र पठाए | नेपाली जनसम्पर्क समिति मलेसियाको सभापतिमा पंगेनी र महामन्त्री दाहाल चयन | सिटिजन्स बैंकद्धारा ८७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण | खाँदबारीमा तमू ल्होसारको अवसरमा शुभकामना आदानप्रदान |

बजाज :
पल्सर मोटरसाइकल खरिद गर्दा संखुवासभा र भोजपुरका दुई जनाले ५०/५० हजार जिते

Sankhuwasabhapress 570+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

संखुवासभा । बजाज कम्पनीको आधिकारिक बिक्रेता संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको संकल्प इन्टरप्राइजेजमा पल्सर मोटरसाइकल खरिद गर्दा संखुवासभा र भोजपुरका दुई जनाले ५०/५० हजार जितेका छन् ।

बजाज कम्पनीको पल्सर मोटरसाइकल खरिद गर्दा संखुवासभा सिलीचोङ गाउँपालिकाका सुदिप राई र भोजपुर षडानन्द नगरपालिका कुदाककाउलेका सन्देश खालिङ राईले लक्की ड्र मार्फत ५०/५० हजार रुपैया जितेका हुन् । नेपालीहरुले सर्वाधिक रुचाएको बजाज ब्राण्डको मोटरसाइकल खरिद गर्दा कम्पनीले दशैं, तिहार र छठ पर्वसम्म एक्सचेन्ज मेलाका साथै फेस्टिभल स्किम अफरका साथै लक्की ड्र मार्फत प्रत्येक हप्ता ५० हजार रुपैया पुरस्कार दिने घोषणा गरेको छ ।

असोज २६ देखि कात्तिक ३ गतेसम्म यो अफर रहको छ र हरेक हप्ता प्रदेशस्तरीय रुपमा एक/एक जनालाई कम्पनीको हेडअफिसले लक्की ड्र मार्फत एक जनालाई पुरस्कार स्वरुप ५० हजार दिने गरेको बजाज कम्पनीको आधिकारिक बिक्रेता संखुवासभा खाँदबारीका संकल्प इन्टरप्राइजेजका प्रोपाइटर सन्देश गुरुङले बताए । ‘यो दुई जनाले कोशी प्रदेश अन्तर्गत मेरो डिलर संकल्प इन्टरप्राइजेजमा मोटरसाइकल खरिद गर्दा पुरस्कार जितेका हुन् । बजाज कम्पनीको जुनसुकै मोटरसाइकल खरिद गर्दा पनि लक्की ड्र मा परेको खण्डमा पुरस्कार जित्न सकिन्छ ।’–गुरुङले भने ।

यो दशैंको फेस्टिभल अफरमा संकल्प इन्टरप्राइजेज खाँदबारीबाट १ सय २० वटा बजाज कम्पनीको मोटरसाइकल बिक्री भएको गुरुङले जानकारी दिए । बजाज कम्पनीले नागरिकताको भरमा किस्तामा समेत मोटरसाइकल लिन सकिने ब्यबस्था गरेको गुरुङको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार