मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

२३ औं जिल्ला अधिवेशन :
अर्बूद रोग निवारण संस्था संखुवासभाको २३ औं जिल्ला अधिवेशन सम्पन्न

Sankhuwasabhapress 598+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

संखुवासभा । नेपाल अर्बूद रोग निवारण संस्थाको २३ औं जिल्ला सभा तथा अधिवेसन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न अधिवेशनले कृष्णराज शाक्यको सभापतित्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा निरन्जन श्रेष्ठ, सचिवमा सुरेन शाक्य, सहसचिवमा लेलिन श्रेष्ठ, कोषाध्यक्षमा मेनुका श्रेष्ठ, सदस्यहरुमा क्रमस अनुपयुश शाक्य, सुजन बज्राचार्य, सुजन श्रेष्ठ, मिलन श्रेष्ठ निर्वाचीत भएका छन् ।

जिल्ला सदरमुकाम खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाको प्रमुख आतिथ्यता तथा अर्बूदका केन्द्रीय महासचिव तथा निर्वाचन अधिकृत दीपेन्द्र वान्तवाको बिशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, नेपाल मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लोकदर्शन शाक्य, नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरी, नेपाली काँग्रेसका पुर्वजिल्लासभापति तथा अर्बूदका आजिवन सदस्य दीपनकुमार श्रेष्ठ लगायतको उपस्थीति रहेको थियो । उपस्थित महानुभावहरुलाई संस्थाका सदस्य सुरेन शाक्यले मन्तब्य मार्फत स्वागत गरेका थिए ।

कृष्णराज शाक्यको सभापतित्वमा भएको उद्घाटन समारोह तथा खुल्ला सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले क्यान्सर रोग नेपालमा भयावय अवस्थामा रहेको र यसको न्यूनीकरण र नियन्त्रणका लागि आवश्यक जनचेतना फैलाउन नेपाल अर्बूद रोग निवारण संस्था शाखा संखुवासभाले खेलेको भुमिका महत्वपुर्ण रहेको धारणा राखेक थिए । 

सुर्तीजन्य पदार्थ सेवनका कारण उत्पन्न क्यान्सर रोग र यसले पारिवारीक रुपमा भित्राएको गरिवी भयावह रहेको नगरप्रमुख थपलियाको भनाइ थियो । नेपाल अर्बूद रोग निवारण संस्थाको संस्थागत बिकास र क्षमता अभिबृद्धिका लागि सकेको आर्थिक तथा भौतिक सहयोगका लागि नगरपालिका सँधै तत्पर रहेको बताउँदै नेपाल अर्बूद रोग निवारण संस्थाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने बिषयमा आफुले छलफल शुरु गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल अर्बूद रोग निवारण संस्थाका केन्द्रिय महासचिव तथा निर्वाचन अधिकृत दीपेन्द्र बान्तवाले अर्बुद रोग निवारण संस्थालाई सरकारले साँझेदार र सहयोगि संस्थाका रुपमा भुमिका दिने तैयारी गरेको खुलासा गरे ।

अहिले नेपालमा बर्सेनि ३० हजार बढिमा क्यान्सर रोग देखिने गरेको र त्यसमध्ये १५ हजार बढिले ज्यान गुमाईरहेको तथ्यांङ्गक प्रस्तुत गर्दै बान्तवाले क्यान्सर रोग रोकथाम, नियन्त्रण र न्युनिकरणका लागि संस्थाले क्यान्सर पिडितका पक्षमा वकालत गर्दैआएको जनाए । उनले १४ बर्षभन्दा मुनिका क्यान्सर रोग पिडित बालबालिकाको निशुल्क उपचारको ब्यवस्था गरेकोमा स्वास्थ्मन्त्री प्रदिप पौडेललाई धन्यबाद दिँदै नेपाल अर्बूद रोग निवारण संस्थाकै पहलमा रोयल नेपाल एयरलाईन्सले बिदेशमा उपचारका लागि जानपरेमा क्यान्सर पिडित बिरामी र एक जना कुरुवा समेतलाई निशुल्क हवाई टिकटको सरकारले ब्यवस्था गरेको जानकारी दिए ।

खुल्ला सत्रलाई सम्बोधनका क्रममा संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानले सुर्तीजन्य  बस्तुको उपभोग र मिसावट युक्त बिषादी सेवनका कारण क्यान्सर रोग फैलँदै गएको बताउँदै गाउँ गाउँ सम्म जनचेतना फैलाउन आवश्यक भएकोमा जोड दिए । 

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति तथा अर्बूद रोग निवारण संस्था संखुवासभाका आजिवन सदस्य दीपन कुमार श्रेष्ठले क्यान्सर रोग प्राणघातक भन्ने गरिएपनि समयमा उपचार सेवा पाउन सके क्यान्सर रोग निको हुने धारणा राखेका थिए । उनले समयमा उपचार नपाएका कारण क्यान्सर पिडितको सिंगो परिवारले धनजनको क्षति ब्यहार्न परिरहेको बताएका थिए ।

नेपाल अर्बूद रोग निवारण संस्थाका सचिव निरञ्जन श्रेष्ठले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरीले क्यान्सर रोग बारे जनचेतना फैलाउन अर्बूद रोग निवारण संस्था शाखाले खेलेको भुमिका महत्वपुर्ण रहेको बताए । उनले स्थानीय सरकारले क्यान्सर पिडितको सहयोगका लागि बिशेष कोष स्थापना गर्नूपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल मानव अधिकार तथा शान्ति समाज नेपालका जिल्ला अध्यक्ष लोकदर्शन शाक्यले स्वास्थ्य सम्वन्धी अधिकार संबिधानत हरेक नागरिकको मौलिक हक भएकाले, जटिल र दिर्घ रोगिको उपचारका लागि सरकारले बिशेष ध्यान दिन जरुरी रहेकोमा जोड दिएका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार