मुख्य समाचार
गायक अपन श्रेष्ठले ल्याए नयाँ गीत ‘के सारो सुरो मान्छे’ | असल शासन | कृष्ण माविमा स्काउटको अन्नपूर्ण तहको दिक्षान्त क्याम्प सम्पन्न | सेकाहा क्लब तीनपोखरी फुटबल कपको फाइनलमा प्रवेश | सिंहेश्वरी आधारभूत विद्यालयको ४८ औँ वार्षिक उत्सव सम्पन्न | संखुवासभा एमालेमा पार्टीको निर्णय विपरित भ्रम छर्नेलाई कारबाही गरिन पर्ने माग | विशेष महाधिबेसनको माग गर्दै संखुवासभाका ८ वटा संस्थाद्धारा केन्द्रमा ध्यानाकर्षण पत्र पठाए | नेपाली जनसम्पर्क समिति मलेसियाको सभापतिमा पंगेनी र महामन्त्री दाहाल चयन | सिटिजन्स बैंकद्धारा ८७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण | खाँदबारीमा तमू ल्होसारको अवसरमा शुभकामना आदानप्रदान |
मुख्य समाचार
गायक अपन श्रेष्ठले ल्याए नयाँ गीत ‘के सारो सुरो मान्छे’ | असल शासन | कृष्ण माविमा स्काउटको अन्नपूर्ण तहको दिक्षान्त क्याम्प सम्पन्न | सेकाहा क्लब तीनपोखरी फुटबल कपको फाइनलमा प्रवेश | सिंहेश्वरी आधारभूत विद्यालयको ४८ औँ वार्षिक उत्सव सम्पन्न | संखुवासभा एमालेमा पार्टीको निर्णय विपरित भ्रम छर्नेलाई कारबाही गरिन पर्ने माग | विशेष महाधिबेसनको माग गर्दै संखुवासभाका ८ वटा संस्थाद्धारा केन्द्रमा ध्यानाकर्षण पत्र पठाए | नेपाली जनसम्पर्क समिति मलेसियाको सभापतिमा पंगेनी र महामन्त्री दाहाल चयन | सिटिजन्स बैंकद्धारा ८७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण | खाँदबारीमा तमू ल्होसारको अवसरमा शुभकामना आदानप्रदान |

कृष्ण माध्यमिक विद्यालय :
कृष्ण माविमा स्काउटको अन्नपूर्ण तहको दिक्षान्त क्याम्प सम्पन्न

Sankhuwasabhapress 570+ समाचार ( )
७ माघ २०८२, बुधवार

संखुवासभा । जिल्लाको भोटखोला गाउँपालिका–४ स्थित गोलामा रहेको कृष्ण माध्यमिक विद्यालयमा स्काउटको संयुक्त अन्नपूर्ण तहको दिक्षान्त क्याम्प सम्पन्न भएको छ ।

भोटखोला गाउँपालिकास्थित गोलाका कृष्ण माध्यमिक विद्यालय र जालपा आधारभूत विद्यालयले संयुक्त रुपमा स्काउट ट्रपको संयुक्त अन्नपूर्ण तहको दिक्षान्त क्याम्पको आयोजना गरेको हो । उक्त कार्यक्रममा स्काउटका राष्ट्रिय प्रशिक्षक तथा नेपाल स्काउट परिषद सदस्य दुर्गाबहादुर विष्टको उपस्थिती रहेको थियो। 

उक्त क्याम्पको उद्घाटन तथा समापन कार्यक्रममा भोटखोला गाउँपालिका ४ नम्बर वडाका वडाध्यक्ष विकास तामाङ, ब्यबस्थापन समितिका अध्यक्ष मनोज गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष सुजनी गुरुङ, विद्यालयका प्रधानाध्यापक मिङतेम्बा शेर्पा र भोटखोला गाउँपालिका स्काउट तदर्श समितिका संयोजक तथा क्याम्प प्रमुख धार्चे भोटे रहेका थिए । 

उक्त तीन दिने क्याम्प संचालन गर्न विभिन्न जिम्मेवारी समेत बाँडफाँड गरिएको थियो । जसमा क्याम्प प्रमुख धार्चे भोटे (कृष्ण मावि), कोष लिडर (पुरुष) जितबहादुर श्रेष्ठ (जालपा आवि), कोष लिडर (महिला) इन्द्रकुमारी राई ( जालपा आवि), प्रशिक्षक दुर्गाबहादुर विष्ट (राष्ट्रिय प्रशिक्षक), ब्यबस्थापक तथा समय परिचालक छाङजिक भोटे (कृष्ण मावि) र काउन्सिलर साइमना श्रेष्ठ रेन्जर (हिमालय स्काउट खाँदबारी) रहेका थिए । 

उक्त तीन दिने दिक्षान्त क्याम्पमा कृष्ण माध्यमिक विद्यालयका कृष्ण स्काउट ट्रपबाट १६ जना छात्रा र ९ जना छात्र सहभागी भएका थिए भने जालपा आधारभूत विद्यालयका जालपा स्काउट ट्रपबाट १४ जना छात्रा र ११ जना छात्र सहभागी भएका थिए । दुवै विद्यालयबाट कुल छात्रा ३० जना र छात्र २० जना गरि कुल ५० जना विद्यार्थीहरुलाई तीन दिन एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको थियो । ति विद्यार्थीहरुलाई क्याम्प समापनको दिन दिक्षान्त समारोह आयोजना गरि ब्याच र प्रमाणपत्र सहित दिक्षित गरिएको कृष्ण माध्यमिक विद्यालयका स्काउट ग्रुुप प्रमुख धार्चे भोटेले जानकारी दिए ।

भोटखोला गाउँपालिकाभित्रका दुई वटा विद्यालयले संयुक्त रुपमा दिक्षान्त क्याम्प आयोजना गरेको स्काउटका राष्ट्रिय प्रशिक्षक दुर्गाबहादुर विष्टले बताए । यो तेस्रो तहको अन्नपूर्ण तहको दिक्षान्त तहको क्याम्पको आयोजना गरिएको उनको भनाइ छ । ‘यो क्याम्प भित्र तीन दिन विद्यार्थीहरु पूर्ण रुपमा एकै ठाउँमा हुन्छन, समुह निर्माण, समुह कार्यको अभ्यास गराइन्छ, उनीहरुलाई नैतिक आचरण, दैनिक ब्यबहारिक सीप र ज्ञान दिई प्रयोगात्मक अभ्यास गराइन्छ, बेलुकी क्याम्प फायर गर्ने, रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना गर्ने, नेतृत्व विकास ज्ञान र सीप प्रदान गर्ने र शैक्षिक अवलोकन लगायतका काम सिकाइन्छ ।’–विष्टले भने ।

यहि माघ ३ गतेदेखि शुरु भएको दिक्षान्त क्याम्प ५ गते सम्पन्न भएको कृष्ण माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज गुरुङले बताए । तीन दिने क्याम्पमा विभिन्न कार्यक्रमहरु संचालन, सरसफाई, अनुशासन र नैतिक आचरण लगायतका विभिन्न कुराहरु प्रशिक्षण गरिएको विब्यस अध्यक्ष गुरुङले जानकारी दिए । यस्ता कार्यक्रमहरु आयोजना गर्दा विद्यार्थीहरुले विभिन्न खालका सीप विकास हुने र शैक्षिक बृद्धिमा समेत सहयोग पुग्ने भएकाले सकारात्मक रुपमा लिएको अध्यक्ष गुरुङको भनाइ छ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार