मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |
मुख्य समाचार
युडब्लुएस नेपालको साझेदारीमा निर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न | एसइई परीक्षामा संखुवासभा जिल्ला प्रथम बनिन् सिम्रन थापा | ‘जिल्ला अस्पताल संखुवासभाको मुहार फेरिदैछ : अध्यक्ष सुमन शाक्य’ | संखुवासभा कांग्रेसको एक महिने जरा अभियान शुरु (भिडियो सहित) | सिलीचोङमा माछा मार्न खोलामा गएका एक पुरुष मृत फेला | संखुवासभाको चन्दनपुरमा एक पुरुष मृत भेटियो | मकालुमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु | सिलीचोङ अध्यक्ष कप अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता आज देखि शुरू | पितृको नाममा साढे दुई लाख खर्चेर सेकाहाको जालपादेवीथान पुनर्निर्माण | भाद्र २३ गतेको जेन्जी आन्दोलन – मेरो संझना र अनुभुति |

अन्तर्वार्ता
‘मकालु गाउँपालिका विकास र समृद्धिले फडको मार्दैछ—गाउँपालिकाका इन्द्रबहादुर दर्जी’

Sankhuwasabhapress 598+ समाचार ( )
२ पौष २०८०, सोमबार

मकालु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर दर्जीसँग यो हप्ता हामीले गाउँपालिकाको सेरोफेरो, त्यहाँका विकास निर्माण, चुनौती, नीति नियम, कार्यन्वयनको अवस्था, जनप्रतिनिधी र कर्मचारीको सम्बन्ध लगायत विविध पाटो केलाउर्दै छलफल र संवाद गरेका छौं । त्यसको सार अंश यहाँ प्रस्तुत गरेका छौ । प्रमुख प्रशासकीय अधिकृतसँग संखुवासभा एक्सप्रेस साप्ताहिकका सम्पादक नवीन गुरुङले गरेको कुराकानी । 

१. कार्यक्रममा सरलाई स्वागत छ ?

—धन्यवाद ।

२. मकालु गाउँपालिकाले कस्ता–कस्ता कामहरु कसरी गरिरहेको छ ?

—२०७२ सालमा संविधान जारी भएपछि संघीयतामा मुलुक गएपछि ७५३ स्थानीय तहमध्येका मकालु गाउँपालिका एक स्थानीय तह हो । मकालु गाउँपालिका ज्यादै सुन्दर, विश्वको पाँचौ अग्लो मकालु हिमालको काखमा रहेको पालिका हो । गत बर्षदेखि यो मकालु गाउँपालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा विशेष ख्याल गर्दै काम गरी आफूलाई अग्रपंक्तिमा राख्ने काम गरिरहेको छ । 

३. जनतासँग जोडिने खालका कार्यक्रमहरु के कस्तो छ र कसरी गरिरहनु भएको छ ?

—विशेषः गरि पहिलो पटक बनेको स्थानीय सरकारले कार्यालयको भौतिक संरचना निर्माण, ऐन नियम कानुन र पूर्वाधार विकास गरी सेवा प्रवाहको शुरुवात गरेको हो । अहिले त्यसैलाई निरन्तरता दिर्दै नागरिकहरुसँग प्रत्यक्ष जोडिने विकास निर्माण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा लगायतका बिषयहरुलाई केन्द्रीत गरि योजनाहरु निर्माण गरेका छौं र तिनीहरुको निरन्तर कार्यन्वयनको पक्षमा काम गरिहेका छौ । 

४. पालिकाको केन्द्र नुम देखि वडा कार्यालय सम्म जोडिने सडकको अवस्था के छ ? पालिकाभित्र सडक पूर्वाधारको क्षेत्रमा कसरी काम गरिरहनु भएको छ ?

—सदरमुकाम खाँदबारी देखि किमाथांका सम्म जोडिने कोशी राजमार्गले मकालु गाउँपालिका छोएको छ । तर, यो राजमार्गको अवस्था राम्रो नहुँदा यातायातमा समस्या बर्सेनि खेप्र्दै आईरहनु परेको अवस्था छ । यो मुख्य सडकको कारणले पालिकाभित्र काम गर्ने क्रममा निकै समस्या सिर्जना भएको छ । भनेको समयमा सामान ढुवानी गर्न नसक्दा पालिकालाई विकास निर्माणमा असर परेको छ । पालिकाभित्रको कुरो गर्दा पालिकाभित्रका ६ वटा सबै वडाहरु सबै जोडिने गरि ट्रयाक ओपन गरिसकेका छौ भने त्यसलाई स्तरोन्नती, ठाउँ–ठाउँमा पुल निर्माण लगायतका कामहरु समेत भईरहेको छ । 

५. मकालु गाउँपालिका पर्यटकीय हिसाबले समेत प्रचुर संम्भावना बोकेको पालिका भएकाले पर्यटन प्रवद्र्धनका लागि पालिकाको गुरुयोजना अर्थात खाका के छन् ?

—महत्वपूर्ण बिषय उठाईदिनु भएकोमा मुरी–मुरी धन्यवाद । मकालु गाउँपालिका पर्यटकीय दृष्टिकोणमा धेरै संम्भावना बोकेको पालिका हो । पर्यटनलाई मध्यनजर गरी विभिन्न कार्यक्रमहरु लागु भईरहेका छन् । मकालु हिमाल जाने पदमार्ग निर्माण, याङ्लेभन्दा माथि मोबाइल नचल्ने भएकाले समस्या छ । सो क्षेत्रमा पर्यटकलाई केन्द्रीत गरि ठाउँ–ठाउँमा स्वास्थ्य केन्द्र राखिएकाले केही सहज भएको छ । यहाँका पर्यटकीय र धार्मिक क्षेत्रका बारेमा विभिन्न मिडियाहरु मार्फत समेत प्रचारप्रसार गरि धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन योजनाहरु बन्दैछ । पालिकाले पर्यटनलाई उच्च महत्वको साथ कार्यक्रममा समावेश गरेका छौं ।

६. स्थानीय सरकार भन्ने बित्तिकै मानिसहरुको माग धेरै हुने गर्दछ ? त्यसमा नागरिक र स्थानीय सरकार बीच कामहरु चाँही कसरी गरिरहनु भएको छ ?

—स्थानीय जनताहरुको जनभावना बुझेर नै हाम्रा जनप्रतिनिधी ज्यूहरुले खाका कोरेर काम गरिरहनु भएको छ । आवाज विहिनहरुको आवाज सरकार सम्म पु¥याउनुपर्छ भनेर जनप्रतिनिधी ज्यूहरु खटिरहनु भएकाले नागरिकहरुको माग सम्बोधन भईरहेको छ । उहाँहरुको जनभावना अनुसार नै काम भईरहेको छ । सोही अनुसार जनप्रतिनिधी ज्यूहरुले योजना निर्माण गर्ने गर्नुहुन्छ, त्यसलाई सहि ढंगले जनताको घरदैलो सम्म पुग्ने गरि हामी कार्यन्वयन गरिरहेका छौं । विगतका दिनहरुमा भन्दा अहिले अझ जिम्मेवार भएर जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार नै हो भनेर लागि परेका छौ । 


७. पालिकाले कुन–कुन बिषयलाई प्राथमिकतामा राखेको छ ?

—हामीले विगतमा विकास निर्माण, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायत समग्र पाटोहरुलाई प्राथमिकतामा राखेपनि यो बर्ष चाँही सडक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राखेका छौं । केही सडकहरु ढलान गर्नुपर्छ भनेर लागिपरेका छौ, नुम बजार ढलान गर्ने काम भएको छ । ८० लाख रुपैया बजेट बिनियोजन गरेर पालिकाको भवन वरपर लगायतका सडक ढलान गर्ने काम भएको छ । पालिकाको प्रशासकीय भवन टेन्डरको काम अगाडी बढाएका छौं । वडासम्म जोडिने सडकको ढलान, ग्राभेल लगायतका योजनाहरु अगाडी बढाएका छौं । 

८.शिक्षा र स्वास्थ्य संवेदनशील बिषय हो, यसको पालिका भित्रको अवस्था के छ ?

–शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील बिषयमा पालिका संवेदनशील भएर नै लागि परेको छ । यो बर्ष शिक्षाको क्षेत्रमा मात्रै २ करोड ७० लाख रुपैया बराबरको कार्यक्रम तय गरेका छौ । दुरदराजमा भएको पालिकाको नाताले कर्मचारीहरु कम बस्ने, विद्यार्थीहरुको संख्या अनुपात पनि ज्यादै कम हुने, विशेष गरी मकालु गाउँपालिका–४ को माथिल्लो क्षेत्रमा समस्या छ । पालिकाले आफ्नो बजेटबाट समेत शिक्षकहरु पदपूर्ति गरेका छौं । स्वास्थ्यका क्षेत्रमा भन्नुहुन्छ भने नुममा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरु नबस्ने परिपाटी रहेको थियो, त्यो समाधान गरि अहिले एमबिसिएस डाक्टर र स्टाफ नर्स लगायतका स्वास्थ्यकर्मीहरु हुनुहुन्छ, स्वास्थ्यकर्मीहरुको समस्या छैन् । डोनर एजेन्सीहरुसँग लिएर सेदुवा बजारमा एमबिबिएस डाक्टर ब्यबस्थापन गर्न लागि परेका छौं, सोही बाटो भएर मकालु हिमाल आरोहणका लागि समेत पर्यटकहरु जाने भएकाले डाक्टर ब्यबस्थापनमा जुटेका छौ । यस्तै खालका कार्यक्रमहरु सबै वडाहरुमा लागुगर्ने, स्वास्थ्यकर्मीहरुको ब्यबस्थापन गर्ने, औषधीको ब्यबस्था गर्ने, नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने काम गरिरहेका छौं । पालिकाभित्र काँही कतै जटिल समस्या परे हेलिकप्टरको माध्यमबाट समेत सुविधासम्पन्न ठाउँ काठमाडौं सम्म उपचार गराउन लैजाने प्रबन्ध पालिकाले गरेका छौं । यसले असामयिक र अनपेक्षित मृत्यूदर घटेको छ । स्वास्थ्यका क्षेत्रमा मकालु गाउँपालिकाले धेरै सुधार गरेको छ । 

९. जनप्रतिनिधी र कर्मचारी बीचको अन्तरसम्बन्ध चाँही कस्तो छ ?

—मकालु गाउँपालिकामा यसअघि पनि जनप्रतिनिधी र कर्मचारी बीचको सम्बन्ध त्यसमा तेस्रो पक्षको रुपमा रहेको सेवा प्रवाहको बिषय राम्रो नै रहेको पाए । म गत ०७९ चैत्र २२ गतेबाट प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजमा खटिरहँदा अहिलेका जनप्रतिनिधी ज्यूहरु विकास निर्माणको बिषयमा चिन्तित हुनुहुन्छ । उहाँहरु कार्यपालिकामा विभिन्न योजनाहरु लिएर आउनुहुन्छ । कार्यपालिकाबाट पास गरेपछि त्यसलाई अक्षरस कार्यन्वयन गर्न हामी तत्पर भएर लागि परेका छौं । जनताको घरदैलो स्थानीय सरकार भनेको हामी नै हौ भन्ने अनूभूत गरेर सोही हिसाबले काम गरिरहेका छौं । जनताले अनुभूत गर्ने गरि काम गरिहेका छौं । कर्मचारी संयन्त्र संचालन गर्ने जिम्मेवारी मलाई भएको हुदाँ म आफै जिम्मेवार भएर लागेको छु र मेरा कर्मचारी साथीहरुलाई पनि त्यसरी नै परिचालन गरेका छु । यो अहिले मात्र होइन भविष्यमा पनि यसरी नै संचालन हुनेछन् । 

१०. डेढ बर्षदेखि मकालु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिरहँदा पालिकालाई कसरी चिन्नुभयो र अरुलाई कसरी चिनाउनुहुन्छ ? चुनौती के—के पाउनुभयो ?

—मकालु गाउँपालिका एउटा विविधताले भरिएको पालिका हो । साँस्कृतिक, धार्मिक र सामाजिक हिसाबले समेत अब्बल छ भने सौन्दर्यले भरिपूर्ण सुन्दर पालिका समेत हो । विश्वको पाँचौ अग्लो मकालु हिमाल, शिवधारा, अरुण तेस्रो जस्तो महत्वपूर्ण प्रोजेक्ट यहि पालिकाभित्र रहेको छ । भौगोलिक रुपमा ठूलो पालिका भएकाले कतिपय ठाउँमा न्यूनतम सुविधा समेत नभएको ठाउँ देखि सुगम स्थान समेत यहि पालिका भित्र पर्दछ । यस पालिकालाई समृद्ध बनाउन यहाँका नागरिक समाज, राजनैतिक दल, बुद्धिजिवी सबैलाई समेटेर नै नीति निर्माण गर्ने गरिएको छ । उहाँहरुको माग र आवाजलाई सम्बोधन गर्ने गरी काम गरिरहेका छौं । यति हुदाँ–हुदैं यहाँ विकास निर्माणमा निकै धेरै चुनौतीहरु समेत छन् । विशेषः गरि खाँदबारी—किमाथांका सडक यहि पालिका भएर जाने भएकाले यो सडकको बिषय पालिकामा सधैं उठिरहन्छ । यो बिषय सदरमुकाममा हुने सर्वदलीय बैठकको बिषय पनि यहि बन्ने गरेको छ । यहाँका संचार माध्यमहरुले समेत यो बिषय निकै उठाईरहेको देखेका छौं । यो सडकको अवस्था राम्रो नभएको हुदाँ खाँदबारी देखि माथिल्लो उत्तरी क्षेत्र तर्फ विकास निर्माणका लागि सामान ढुवानी गर्न असहज छ । यसले हामीलाई निकै असर परिरहेको छ । हाम्रो विकास निर्माणका बाधक पनि यहि सडक बनेको छ । संघीय सरकार अन्तर्गतको सडक भएकाले स्थानीय सरकारले मर्मत गरि सडक संचालन गर्न नसकिने अवस्था छ । तर, गाली चाँही स्थानीय सरकार खानुपरेको छ, हामीले खर्च ग¥यौं भने बेरुजु आउँछ, त्यसैले हामी खर्च गर्न सक्दैनौं । संघीय सरकारले तत्काल सडक राम्रो बनाइदिए मकालुले अलि मुहार फेथ्र्यौ भन्ने लाग्छ । दुर्गममा रहेको पालिका भएका कारणले धेरै कर्मचारी साथीहरु दुर्गम बस्न चाहदैनन्, सुगम खोजेर गईहाल्नुहुन्छ । त्यसैले शिक्षा र स्वास्थ्य क्षेत्रका कर्मचारीहरु कमी छन्, त्यसमा पालिकाले आन्तरिक बजेट ब्यबस्थापन गरी जनशक्ति ब्यबस्थापन गरि सेवा प्रवाह गरीरहेको अवस्था छ यो चाँही हाम्रा लागि चुनौतीका बिषयहरु छन् । अन्य बिषयमा जनप्रतिनिधी ज्यूहरुसँग सहकार्य हुने भएकाले त्यति धेरै समस्या छैनन् ।

११. चालु आर्थिक बर्षमा पालिकाले कस्तो–कस्तो कार्यक्रमहरु लागु गर्नुभएको छ ?

—मुलुकमा नै आर्थिक अवस्था खुम्चिएको अवस्थामा मकालु गाउँपालिका पनि त्यसबाट अछुतो चाँही छैन् । तर पनि विगत बर्ष कार्यक्रमहरुलाई नै निरन्तरता दिदैं थुप्रै कार्यक्रमहरु विकास निर्माण, पूर्वाधार विकास, सामाजिक विकास लगायतका कार्यक्रमहरु यथावत रुपमा लागु गरेका छौं । यो बर्ष हामीले नयाँ कार्यक्रम अन्तर्गत मकालु गाउँपालिका भित्र जन्मनुभएका पर्यटन, विकास निर्माण लगायत विविध क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने महानुभावहरुलाई यहि पुस १६ गते एक कार्यक्रम बीच सम्मान गदैछौं । यहि १६ देखि २० गते सम्म पालिकास्तरीय भलिवल प्रतियोगिताको समेत आयोजना गरेका छौ । पालिकाको साँस्कृतिक गतिविधीहरु समेत त्यहाँ प्रस्तुत गरिने तयारीमा जुटेका छौं । 

१२. अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

—मकालु गाउँपालिकाको विकास निर्माण, पूर्वाधार विकास, पालिकाको गतिविधी लगायत विविध बिषयमा छलफल गर्ने मौका दिनुभयो यसको लागि धन्यवाद दिन चाहान्छु । मकालु गाउँपालिका अन्यन्तै सुन्दर गाउँपालिका भएकाले यहाँ घुमफिर र दर्शन गर्ने धेरै ठाउँहरु (जस्तै ः शिवधारा, मकालु बेस क्याम्प, मकालु हिमाल, मकालु बरुण राष्ट्रिय निकुञ्ज, अरुण तेस्रो जलविद्युत्त आयोजना लगायत) भएकाले आन्तरिक पर्यटकहरुले समेत एकपटक अवलोकन गर्नै पर्ने ठाऊँहरु छन् । आएर घुमिदिनु हुन अनुरोध छ । उहाँहरुले यसरी घुमफिर गर्दा मकालु गाउँपालिकाको विकास निर्माण, भौगोलिक अवस्था, साँस्कृतिक अवस्थाहरुको बारेमा जानकारी पाउनुहुने थियो । उहाँहरुले दिने प्रतिकृया र सुझाव सल्लाह अनुसार आगामी दिनहरुमा पालिकालाई नीति नियम र रणनीति बनाउन समेत सहयोग पुग्ने थियो भन्ने लाग्छ । धन्यवाद ।

भिडियो लिंक पनि हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=Dtu6U0S9htw&t=99s


प्रतिक्रिया

चमेली राई वार्ड ३ ६ पौष २०८०, शुक्रबार

खै नयाँ योजना जनताले अनुभुती गर्ने योजनात देखिएन सबै हाम्रै पालामा बनेको कामको जास लिने ?सबै वार्डमा ट्रेय्क ओपन ७५/७६ कै बजेटले बबेको हो ।किना झुट बोल्नु भयो ईन्द्र सरले?२,४,६ वार्डमा सडक जोडीएको छैन । पाक्की पुलको टेन्डर किना अल्झियो खै जनाप्रतीनीधिले पहल गरेको?पर्यटन बिकास गर्ना हामीले गरेको बाहेक कुनै काम मैले फेखिना मैहुदा बनाएको गुरु योजना पाल्टाएर फलो गरि दिनु भएको भए जनताले बिकास्को अनुभुती गर्ने थियो,सबैको गुरु योजना छ।त्यो एक पल्टा हेर्न आग्रहा गर्दाछु।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार